मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
नेपाल   
मुख्य समाचार   

जेनजी संग नागरिकता खोइ

जेनजी संग नागरिकता खोइ

नागरिकता खोइ अभियानले राजधानी बाहिर अन्तरक्रिया गर्ने / जेनजी अभियन्तासंग सम्बाद शुरु


काठमाडौं । विदेशमा बस्ने गैरआवासीय नेपालीहरुका लागि बंशजको नागरिकताको निरन्तरताको अभियान संचालन गर्दै आएको नागरिकता खोइ अभियानले राजधानी बाहिर चेतनामूलक कार्यक्रम संचालन गर्ने भएको छ ।

अभियानका संयोजक बासुदेव घिमिरेका अनुसार आउँदो तिहार पछि झापाको दमकमा बृहत अन्तरक्रिया आयोजना हुँदैछ ।

गत असोज १४ गते दमकमा आयोजित एउटा भेलाले उक्त निर्णय गरेको घिमेरेले जानकारी दिए । उक्त भेलामा दमक नगरपालिकाकि उपप्रमुख रेगिना भट्टराई प्रसाईं , दमक उध्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई , दमक उबासंघ लेखा समिति संयोजक नेत्र प्रसाद चम्लागाँइ, दमक जेसीजका अध्यक्ष सहदेव भट्टराई लगायत उ बा संघ र जेसीजका पदाधिकारीहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

जेनजीसंग कुराकानी :
गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा विदेशमा बस्ने यूवाहरुको पनि सहयोग र समर्थन रहेको थियो । त्यस अर्थमा जेनजी नेतृत्वले गैरआवासीय नेपालीको नागरिकता समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

यसै सन्दर्भमा गतहफ्ता नागरिकता खोइ अभियानका संयोजक बासुदेव घिमिरेले जेनजीका सशक्त अभियन्ता माजिद अन्सारीसंग मोरङको रंगेलीमा कुराकानी गरेका थिए ।उक्त कुराकानीको भिडियो तल दिइएको छ ।

Help Continue Citizenship for Non-Resident Nepalis : GoFundMe

शेयर गर्नुहोस:

4.2k
Shares