मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

जेन-जी पुस्ताको आन्दोलनमा मारिएकाहरुको सम्झनामा ह्युस्टनमा शोकसभा

जेन-जी पुस्ताको आन्दोलनमा मारिएकाहरुको सम्झनामा ह्युस्टनमा शोकसभा


अमेरिकाको विभिन्न शहरमा रहेका नेपालीहरुले नेपालमा जेन-जी हिजो भएको आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरुको सम्झनामा दीप प्रज्वलन सहित श्रद्धाञ्जली अर्पण गरेकाछन्।

यसैबीच आज ह्युस्टनस्थित श्री पशुपतिनाथ मन्दिर परिसरमा जेन-जी आन्दोलनमा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ।

नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले आयोजना गरेको संक्षिप्त शोकसभामा एनएएचका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठले जेन-जीको आन्दोलनमा मारिएकाहरुप्रति ह्युस्टनको नेपाली समुदायका तर्फबाट गहिरो दुख व्यक्त गरेकाछन्। अध्यक्ष श्रेष्ठले सरकारले अनावश्यक बल प्रयोग गरेर स्कूल/कलेजस्तरमा रहेका होनहार युवाहरुको ज्यान लिने जघन्य अपराध गरेको बताएका छन्। अध्यक्ष श्रेष्ठले आन्दोलनमा आफ्ना बाबु-नानी गुमाएका अभिभावकहरुप्रति समवेदना व्यक्त गरेका छन् भने घटनामा घाइतेहरुको उपचारमा यथोचित व्यवस्था हुन माग समेत गरेका छन्।

शोकसभामा एनएएचका पूर्व अध्यक्ष रविन श्रेष्ठ, सल्लाहकार द्रोण गौतम, गुल्मी समाजका अध्यक्ष लक्ष्मण भण्डारी, युनिभर्सिटी अफ ह्युस्टन-नेपाली विद्यार्थी एशोसियसनका प्रतिनिधि लगायतले नेपालमा भएको बर्बर हिंसाको निन्दा गर्दै घटनामा संलग्नहरुलाई कडा कार्बाहीको माग समेत गरेका छन् । शोक सभामा मन्दिरका पुजारी गुरु दीलिप शास्त्रीद्वारा शान्ति पाठ समेत गरिएको छ।

यसैबीच आज साँझ अमेरिकामा बस्ने नेपालीहरुले ड्यालस, भर्जिनिया, बाल्टिमोर, बोस्टन लगायतका शहरमा समेत शोकसभा एवं आन्दोलनमा मारिएकाहरुको सम्झनामा दीप प्रज्वलन गरेका छन्।

शेयर गर्नुहोस:

3.4k
Shares