मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
टेक्सस   
मुख्य समाचार   

टेक्ससमा काठमाडाैँ विश्वविद्यालय पूर्वविद्यार्थीहरूको दोस्रो भेला

टेक्ससमा काठमाडाैँ विश्वविद्यालय पूर्वविद्यार्थीहरूको दोस्रो भेला


ड्यालस (अमेरिका) – काठमाडौं विश्वविद्यालयका पूर्वविद्यार्थीहरूको उत्तर अमेरिकास्थित संगठन Kathmandu University Alumni North America (KUANA) ले दोस्रो भेला अमेरिकाको टेक्ससमा सम्पन्न भएको छ। “Honoring KU Spirit: Strengthening the Alumni Network” भन्ने मुलनारा सहितको यो भेला अगस्ट ३० र ३१ तारिखमा लुइजभिलस्थित हिल्टन गार्डेन होटलमा आयोजना गरिएको थियो।

कार्यक्रममा अमेरिका, क्यानडा, अस्ट्रेलिया र अन्य मुलुकबाट १४० भन्दा बढी पूर्वविद्यार्थी र उनीहरूको परिवार सहभागी भएका थिए। कार्यक्रमको पहिलो दिन “Celebrating KU Alumni: A Perspective on Career and Life” शीर्षकमा प्यानल छलफल गरिएको थियो। छलफलको संयोजन डा. राजन रिजालले गरेका थिए।

डा. राजन रिजाल

प्यानलमा Success on the Spectrum की संस्थापक तथा सीईओ रोहिणी श्रेष्ठ, MOMO VC का जनरल पार्टनर तथा स्टार्टअप सल्लाहकार साजन गौतम, The Pew Charitable Trusts का सिनियर डाइरेक्टर सुवास लोहनी, र Inno STEM Lab का सीईओ तथा सह-संस्थापक तथा एसोसिएट प्रोफेसर सौरभ मानसिंह बस्नेत सहभागी थिए। उनीहरूले आफ्नो पेशागत यात्रा, उद्यमशीलता अनुभव, तथा विश्वव्यापी प्रभाव पुर्‍याएका परियोजनाबारे विचार राखे। सहभागीहरूले छलफललाई प्रेरणादायी मात्र नभई व्यावहारिक पनि भएको प्रतिक्रिया दिएका थिए।

त्यसै दिनको साँझको कार्यक्रममा काठमाडौं विश्वविद्यालयको गीत गाइँदै कार्यक्रम सुरु गरिएको थियो। त्यस अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले भर्चुअल माध्यमबाट स्वागत मन्तव्य दिएका थिए।

डा. रिजालको सञ्चालनमा सांस्कृतिक प्रस्तुतिहरू, प्यानल सदस्यहरूको सम्मान तथा स्वयंसेवकहरूको कदर गरिएको थियो। सोही अवसरमा स्व. बलराम प्रधानकी पत्नी तारा प्रधानलाई विशेष सम्मान प्रदान गरिएको थियो। बलराम–तारा प्रधानले विश्वविद्यालयमा Balaram and Tara Pradhan Energy Block स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

भेलाले करिब दुई दशकपछि भेटघाट गर्ने अवसर पाएका पूर्वविद्यार्थीहरूलाई एकआपसमा पुनःजोड्ने मौका दिएको सहभागीहरूले बताएका थिए। पहिलो ब्याचदेखि हालैका स्नातकसम्मका विद्यार्थीहरू उपस्थित भएकाले अनुभव आदानप्रदान र नेटवर्क विस्तारको अवसर मिलेको उनीहरूको भनाइ थियो। उत्कृष्ट खानपान र आकर्षक सांस्कृतिक प्रस्तुति पनि कार्यक्रममा विशेष आकर्षण बनेको सहभागीहरूको अनुभव थियो।

दोस्रो दिन सहभागी परिवार तथा बालबालिकाका लागि Hawaiian Waters The Colony मा मनोरञ्जनात्मक भ्रमणको आयोजना गरिएको थियो। यसले कार्यक्रममा पारिवारिक र रमाइलो पक्ष थपिदिएको थियो।

कार्यक्रमको अन्त्यमा २०२७ मा हुने तेस्रो KUANA भेला बोस्टनमा आयोजना गरिने घोषणा गरिएको थियो। सहभागीहरूले आगामी भेलाबारे उत्साह व्यक्त गर्दै यसलाई अझै भव्य बनाउन योगदान दिने प्रतिज्ञा गरेका थिए।

शेयर गर्नुहोस:

14.3k
Shares