मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   
साहित्य/सिर्जना   

‘गोपालले त्यो गीत मेरै लागि लेखेका थिएः’ रिन्छेन

‘गोपालले त्यो गीत मेरै लागि लेखेका थिएः’ रिन्छेन


ड्यालस (अमेरिका) । सत्ताइस वर्ष अघि निधन भएका वरिष्ठ संगीतकार तथा गीतकार गोपाल योञ्जनकी पत्नी रिन्छेनले एउटा गीत आफ्नै लागि गोपालले लेखेको खुलासा गरेकी छिन् ।

‘यति चोखो, यति मीठो दिउँला तिम्लाई मायाँ गीत वास्तवमा मेरै लागि गोपालले लेखेका थिए’ उनले भनिन् -‘बिहेको तीन वर्ष पछि यो गीत लेखेका थिए ।’ अमेरिकाको ड्यालसमा शनिबार अपरान्ह आयोजित संक्षिप्त कार्यक्रममा रिन्छेनले गोपालसँग बिताएका दिनहरुको सम्झनामात्र गरिनन् उनले गोपालको गीत संगीतको योगदानका विषयमा समेत चर्चा गरिन् ।

रिन्छेनले गोपाल योञ्जन जस्तो गीतकार, संगीतकारका विषयमा अन्तर्राष्ट्रिय जगतलाई समेत जानकारी गराउनुपर्ने आवश्यकतामा जोड दिइन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसको आयोजनामा भएको कार्यक्रममा उनले सेन्ट जेभियर्स स्कुलमा पढाउने क्रममा एक अर्कालाई मन पराएर सन् १९६८ मा बिहे भएको सन्दर्भ समेत सुनाइन् ।

पश्चिम बंगालको दार्जिलिङ्गमा जन्मिएर सन् १९६८ देखि योञ्जन लगातार नेपाल बस्न सुरु गरेका थिए । उनले कालजयी तीनसय गीत लेखेका छन् भने चारसय गीतमा संगीत भरेका छन् । नारायण गोपाल, अरुणा लामा, दीप श्रेष्ठ जस्ता त्यतिखेरका चलेका गायकहरुले योञ्जनद्वारा रचित र संगीतवद्ध गीतहरु गाका छन् ।

कार्यक्रममा स्व.योञ्जनकी सुपुत्री सिर्जना योञ्जनले बुबा बित्नुभएको २७ वर्षपछि उहाँको समयमा, उहाँलाई चिन्नेजान्नेहरुकै हातबाट लेखिएको संस्मरणका रुपमा पुस्तक हालै सार्वजनिक गरिएको उल्लेख गरिन् ।

गोपाल योञ्जन नेपालीहरुलाई चिन्न नामै काफी भएकोले उहाँको नामैमा पुस्तक सार्वजनिक गरिएको समेत उनले जानकारी दिइन् ।

अनेसासं ड्यालस च्याप्टरका संस्थापक अध्यक्ष भीम कार्कीले गीत हुन पहिले कवी हुनुपर्ने उल्लेख गर्दै स्व. योञ्जनमा कवि, गीतकार, संगीतकार सबैको सफल मिश्रण रहेको उल्लेख गरे । च्याप्टर अध्यक्ष निर्मला राईको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले स्व. योञ्जनलाई कालजयी गीतका कारण युगौँयुगसम्म नेपालीभाषीले सम्झना गरिरहने चर्चा गरेका थिए । कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता बस्नेत सापकोटाले स्वागत गर्दै गोपाल योञ्जनलाई नसुन्ने र नजान्ने पुस्ता नभएको उल्लेख गरिन् ।

नेपाली भाषामा स्नातकोत्तर अध्ययन गर्न नेपाल आएका गोपाल नेपालकै गीत संगीतमा रमेर कहिल्यै दार्जिलिङ्ग नफर्किर काठमाडौंमै घरजम गरिबसेका थिए ।

शेयर गर्नुहोस:

3.5k
Shares