मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
बिश्व घटना   

भारतीय सामानमा प्रस्तावित २५ प्रतिशत कर

भारतीय सामानमा प्रस्तावित २५ प्रतिशत कर

अमेरिकामा नेपालीको भान्छा महंगो हुने त्राश

तस्बिर: सामाजिक संजाल

वासिङ्टन डिसी – राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकाले भारतबाट आयात हुने सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकामा रहेका नेपालीहरूको भान्छा महङ्गो हुने त्राश बढेको छ ।

भोली अगष्ट १ देखि लागु हुनेगरि भारतबाट आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन् । भारतबाट सन् २०२४ मा ८६ अर्ब डलर बराबरको सामान अमेरिका आयात भएको थियो । अमेरिकाबाट सोही अवधीमा निर्यात भने ४५ अर्ब ६० करोड डलरको मात्र भएको थियो । भारतसँगको व्यापारमा अमेरिकालाइ घाटा छ ।

अमेरिकामा रहेका नेपालीहरूले खाने भातको मुख्य स्रोत चामल भारतबाट आयात हुँदै गरेको छ । त्यस्तै दाल, पिठो, मसला, चिया, केही ताजा तरकारी समेत भारतबाट आयात हुन्छ ।

२५ प्रतिशत करले गर्दा अब चामल, पिठो, दाल, मसला, चियापत्ती महंगो हुनेछ । जसले गर्दा अमेरिकामा रहेका नेपालीको भान्छा महंगो हुनेछ । यसबाट चर्को प्रभाव भने नेपाली र भारतीय दुबै समुदायलाइ उत्तिकै पर्नेछ । तर तुलनात्मक रूपमा भारतीयहरूको आय अमेरिकामा नेपालीहरूको भन्दा बढी हुने कारणले बढी असर भने नेपालीलाइ पर्नेछ ।

रोयल बास्मती चामल अमेरिकामा रहेका नेपालीहरूले सबैभन्दा बढी उपभोग गर्ने चामल हो ।

ट्रम्पले भारतीय सामानमा लगाउने २५ प्रतिशत करले गर्दा दुइ देशबीचको सम्वन्धमा समेत टकरावको अवस्था सिर्जना भएको छ । अमेरिकासँगको व्यापारमा भारतलाइ निकै फाइदा रहेकोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकासँग झुक्ने संभावना ज्यादा रहेको छ ।

प्रारम्भिक चेतावनी
ह्वाइट हाउसले पहिले नै भारतलाई कृषि उत्पादनहरूमा लगभग ३९ प्रतिशत लागू गरिएको भन्सार शुल्कको बारेमा चेतावनी दिएको थियो। यो दर वनस्पति तेलहरूमा ४५ प्रतिशत र स्याउ र मकैमा लगभग ५० प्रतिशत पुगेको छ।

“भारत हाम्रो मित्र भए पनि, हामीले वर्षौंदेखि उनीहरूसँग तुलनात्मक रूपमा कम व्यापार गरेका छौं किनभने उनीहरूको शुल्क धेरै उच्च छ’ ट्रम्पले ट्रुथ सोशल पोस्टमा लेखेका छन् ।

“उनीहरूले सधैं आफ्नो सैन्य उपकरणहरूको ठूलो मात्रा रूसबाट खरिद गरेका छन्, र चीनसँगै रूसको ऊर्जाको सबैभन्दा ठूलो खरिदकर्ता हुन्, यस्तो समयमा जब सबैजना चाहन्छन् कि रूसले युक्रेनमा हत्या बन्द गरोस् – सबै कुरा राम्रो छैन!” उनले लेखेका थिए ।

उनको ट्रुथ सोशल पोस्टको जवाफमा, भारत सरकारले ट्रम्पको घोषणाहरूको प्रभावको अध्ययन गरिरहेको र निष्पक्ष व्यापार सम्झौता सुरक्षित गर्न प्रतिबद्ध रहेको बताएको छ।

भारत र अमेरिका विगत केही महिनादेखि निष्पक्ष, सन्तुलित र पारस्परिक रूपमा लाभदायक द्विपक्षीय व्यापार सम्झौता सम्पन्न गर्ने वार्तामा संलग्न छन्। हामी त्यो उद्देश्य प्रति प्रतिबद्ध छौं, यसले भन्यो।

२०२५ को पहिलो छ महिनामा पनि रुस भारतको लागि शीर्ष तेल आपूर्तिकर्ता रह्यो, जसले समग्र आपूर्तिको ३५ प्रतिशत हिस्सा ओगटेको थियो।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकाको हाल पाँचौं ठूलो भारतसँग ४५ दशमलव ७ अर्ब डलरको व्यापार घाटा छ।

शेयर गर्नुहोस:

1.1k
Shares