मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

दस दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रूसलाई अमेरिकाको चेतावनी

दस दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रूसलाई अमेरिकाको चेतावनी


शेयर गर्नुहोस:

567
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्नेतर्फ ठोस प्रगति गर्न रूसलाई १० दिनको समयसीमा घोषणा गरेका छन् । उनले समयसीमा पालन गर्न असफल भए नयाँ प्रतिबन्ध लगाइने चेतावनी दिए ।

स्कटल्याण्डबाट अमेरिका फर्कने क्रममा पत्रकारसँग कुरा गर्दै ट्रम्पले मंगलबारदेखि १० दिनभन्दा कम समयमा युद्धविराम हुनुपर्ने छ ।

ट्रम्पले रुस र युक्रेनबीचको द्वन्द्व छिटै अन्त्य गर्नुपर्ने विषयमा जोड दिँदै समयसीमा ५० बाट घटाएर १० बनाएको उल्लेख गरेका हुन् । यद्यपि, उनले अझै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट कुनै प्रतिक्रिया नपाएको उल्लेख गरे ।

उनले यदि थपिएको समय सीमाभित्र कुनै प्रगति नभए अमेरिकाले मस्कोमा थप शुल्क र दण्डात्मक उपाय अबलम्बन गर्ने बताए । अमेरिकाले अवरोधलाई कम गर्न र विश्वव्यापी ऊर्जा बजारमा सम्भावित असरलाई सम्बोधन गर्न घरेलु तेल उत्पादन बढाउने ट्रम्पले बताए ।

रूसले सन् २०२२ फेब्रुअरी मा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो। किएभले भने द्वन्द्व अन्त्य गर्ने सर्तको रूपमा पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने महत्वाकांक्षा त्याग्ने मागलाई आफ्नो सार्वभौमिकताको स्पष्ट उल्लंघन भनि दृढतापूर्वक अस्वीकार गरेको छ । क्युएनए

शेयर गर्नुहोस:

567
Shares