मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
ग्लोबल नेपाली   
न्युयोर्क   

एनआरएनए भित्र लफडै लफडाले गाईजात्रा

एनआरएनए भित्र लफडै लफडाले गाईजात्रा

अमेरिकामा दुईवटा निर्वाचन हुदैं


अमेरिका- असक्षम व्यक्तिहरु नेतृत्वमा गएपछि संस्था कसरी पतन हुन्छ भन्ने उदाहरण गैर आवासिय नेपाली संघ (एनआरएनए) वनेको छ । एनआरएनएमा अव को अध्यक्ष सक्कली हो को होइन । यहा भित्रको लफडै लफडाले गाईजात्रा भन्दा पनि तल्लो अवस्थामा संकट पुगेको छ ।

कुन निर्वाचन कानुन संभत हो कुन होइन भन्नेमा समेत विवाद छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) मा मात्र होइन यो अवस्था विभिन्न देशमा रहेका एनआरएनएन एनसीसीमा पनि यही अवस्था देखिएको छ ।

कुनै वेला एनसीसी मध्ये सदश्यताका हिसावले सवैभन्दा ठुलो मािनएको एनआरएनए अमेरिका पछिल्लो पटक यही विवादमा फसेको छ ।

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनका लागि पनि दुईटा छुट्टाछुट्टै निर्वाचन तालिकका सार्वजनिक गरिएको छ । आईसीसीको एउटा गुटले अनुप श्रीवास्तवलाई जुलाई महिनाको अन्तिमममा निर्वाचन गर्न प्रमुख अधिकृत तोकेको छ । एनआरएनए अमेरिकाको निर्वाचन गर्न बासु फुलारा मुख्य निर्वाचन अधिकृत रहेको अर्को समितिले पनि निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

यो अवस्थामा को कता उम्मेदवार वन्ने ? कुन एनसीसी अमेरिका सक्कली वा कानुन संभत छ भन्नेनै अन्यौल छ । एनआरएनए अमेरिकाका वर्तमान कार्यसमितिमा रहेका पदाधिकारी समेत कुन चुनावमा उठ्ने भन्नेमा दुविधामा परेका छन् । कोही कता कोही कता वांडिएका छन् ।

वंशजको नागरिकता निरन्तरता हुनपर्छ भन्ने अभियान संयोजक गरिरहेका बासुदेव घिमिरे भन्छन् एनआरएनकोे अस्तित्व अव सकि सक्यो आफैं विवादमा परेको हुदां अमेरिकामा वस्ने अधिकांश नेपाली यो संस्था खारेजनै भए राम्रो भन्ने पक्षमा छन् ।

विवादले विदेशमा वस्ने नेपालीका मुद्दानै कमजोर वनाएको छ । यो विवादलाई गुट अनुसार समर्थन सहयोग गर्ने नेपालका राजनीतिक नेता समेत अलोकप्रिय हुन थालेका छन् ।

एनआरएनए अमेरिकाको सदश्यता संख्याले पनि यही देखाउंछ । अहिले एनआरएनए अमेरिकामा करिव १० हजार सदश्य रहेको वताईएको छ । यो संख्या पनि विगतको भन्दा कम हो । अमेरिकाका वस्ने नेपाली समुदायको जनसंख्या करिव ५ लाख रहेको अनुमान छ । यस आधारमा एनआरएनए अमेरिकाको सदश्य संख्या निकै कम हो ।

एनआरएनए अमेरिकामा कुन निर्वाचन कानुन संवत छ भन्नेमा पनि तर्क वितर्क छ । पुर्व अध्यक्ष्ँहरुले अगष्टको तेस्रो साता हुने भनिएका वासु फुलारा निर्वाचन अधिकृत रहेको निर्वाचन नै आधिकारीक हुने भन्दै विज्ञप्ति निकालेका छन् ।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष र महासचिवले पनि बासु फुलाराको निर्वाचननै आधिकारिक भएको विज्ञप्ति निकालेका छन् ।

तर, अनुप श्रीवास्तवको निर्वाचन समितिमा पनि उम्मेदवारी परेको छ । दुवै निर्वाचन समितिसंग सदश्यको सुची छ । एउटालाई एनसीसी अमेरिकको संस्थापन पक्षले दिएको छ भने अर्कोलाई आईसीसीले । तर, सदश्यले तिरेको पैसा भने एनआरएनए अमेरिकाको संस्थापन पक्षको बैंक खातामा छ । संस्थापन पक्ष्ँको समर्थन सहयोग बासु फुलाराको निर्वाचन समितिलाई छ ।

सदश्यता लिदां २० अमेरिकी डलर शुल्क राखिएको थियो । यी दुवै समितिले निष्पक्ष निर्वाचन गर्न सक्छन कि सक्दैनन भन्ने पनि अन्यौल छ ।

अनुपको निर्वाचन समितिलाई चुनाव गराउन लाग्ने खर्च कसले उपलव्ध गराउंछ यो स्पष्ट छैन । अनलाइन मार्फत हुने निर्वाचनमा पनि झण्डै ३० हजार डलर जति खर्च आवश्यक पर्ने देखिन्छ । यस अघि अनलाइनमा चुनाव गराएको भेरो कम्पनीको शुल्क नै १०, १२ हजार डलर छ । उक्त निर्वाचन समिति भने यो पैसा आईसीसीले दिनुपर्छ भन्नेमा छ ।

बासु फुलारालाई पनि चुनाव गराउन सजिलो छैन । पहिले त भेरोले मान्छ मान्दैन भन्ने अन्यौल छ । भेरोले मानेन भने छोटो समयमा अर्को कम्पनी पाउन पनि सजिलो हुने छैन ।

एनआरएनए अमेरिका अमेरिकामा कर मुक्त समाजिक संस्था अनुसार दर्ता छ । यो अमेरिकी कानुन अनुसार टेनेसी राज्यमा दर्ता भएको संस्था हो । आईसीसी संग सगै काम गर्ने साझेदारी मात्र गरेको हो । यसले गर्दा एनआरएनए अमेरिकाले आईसीसीको निर्देशन मान्नै पर्छ भन्ने छैन । तर, अहिलेको यो विवादै विवादले एनआरएनए अमेरिकालाई फेरी टेनेसी अदालत पुर्याउने संभावना पनि देखिएको छ ।

शेयर गर्नुहोस:

4.5k
Shares