मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

न्युयोर्कमा नेवाःको सामूहिक इही तथा कयेता पूजा

न्युयोर्कमा नेवाःको सामूहिक इही तथा कयेता पूजा


न्यूयोर्क । नेवाः गुठी न्युयोर्कले अमेरिकाको न्युयोर्क सहरमा सामूहिक इही तथा कयेता पूजा (व्रतबन्ध) सम्पन्न गरेको छ ।

लामो समयदेखि नेवाः संस्कार संस्कृति तथा भाषालाई विदेशी माटोमा सम्वर्द्धन र प्रवरद्धन गर्दै आइरहेको नेवाः गुठी न्युयोर्कले यसपटक पनि नेवाः संस्कार इही तथा कयेता पूजा अमेरिकाको न्युयोर्क सहरमा सम्पन्न गरेको हो ।

सजना महर्जन तथा अशोक श्रेष्ठ संयोजक रहेको कार्यक्रममा नायः र नकींद्वय प्रेमगोपाल महर्जन, सशीता महर्जन, हृदय तुलाधर र अनिता नकर्मीले विशेष भूमिका निभाएका थिए ।

गुठीका महासचिव सुवर्णकुमार शाक्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यको सहजताको लागि स्वयंसेवकको रुपमा सुष्मा महर्जन, जयन्ती महर्जन, पूर्णदेवी महर्जन, रीना श्रेष्ठ, मेघा नकर्मीलगायत गुठीका सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुद्वारा सक्रियताका साथ सहयोग गरेका थिए ।

नेवाः गुठीको सो कार्यक्रमका मूल पुरोहित सुप्रसिद्ध नेवाः पुरोहित तथा कल्चरदूत बासव जुजु राजोपाध्यायद्वारा इही संस्कार र कयेता पूजा संस्कारको महत्त्वबारे प्रकाश पारेका थिए ।

उनले न्युयोर्कमा विगत १२ वर्षकै सभ्य र भव्य एवम् उत्कृष्ट कार्यक्रम सम्पन्न भएको बताए । कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरू तथा क्यानाडाबाटसमेत सहभागी बालबालिकाहरु तथा तिनका परिवार र आफन्तजनसहित दुई सय जनाको हाराहारीमा उपस्थिति रहेको थियो ।

विजयमान सिं अध्यक्ष रहेको नेवाः गुठी, अमेरिकाको न्युयोर्क सहरमा नेवाः पहिचान, भाषा, संस्कृति र परम्परा, भेषभूषा र कलाको जगेर्नाका लागि अग्रणीरुपमा कार्यरत एक परिचित नेवाः जातिको हकहितको लागि आवाज उठाउनुका साथै नेवाः पहिचानलाई पुस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाको हो ।

शेयर गर्नुहोस:

378
Shares