मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर रुसमाथि थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् ।

ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रूसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर विचार गरिरहेको बताए ।

विधेयकमा रुसबाट ऊर्जा आयात गर्ने देशमा भारी शुल्क लगाउने प्रावधान साथै रूसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने समावेश रहेको जनाइएको छ ।

अमेरिकी रक्षा विभागले हतियार तयारीको समीक्षा गरेपछि युक्रेनका लागि अस्थायीरूपमा स्थगित गरिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरू गर्न स्वीकृति दिएको पनि ट्रम्पले घोषणा गरेका थिए । क्यूएनए

शेयर गर्नुहोस:

162
Shares