मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   

नागरिकता खोई अभियानद्धारा एनआरएनएले आयोजना गर्ने कार्यक्रम वहिरष्कार गर्न आग्रह

नागरिकता खोई अभियानद्धारा एनआरएनएले आयोजना गर्ने कार्यक्रम वहिरष्कार गर्न आग्रह


अमेरिकमा- विदेशमा वस्ने नेपालीका मुद्दालाई प्रभावकारी रुपमा राख्न नसकेको, भद्रगोल संगठन लगायतका कारणले गैर आवासिय नेपाली संघ (एनआरएनए), यसका राष्ट्रिय परिषदहरुले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुनु नागरिकता खोई अभियानले सार्वजनिक आग्रह गरेको छ ।

अभियानका संयोजक बासुदेब घिमिरेले नेपाली नागरिकताको निरन्तरताको विषयमा विभिन्न नाममा खुलेका एनआरएनएले संवद्ध निकायमा प्रभावकारी रुपमा राख्न नसक्दा समस्या झन वल्झेको वताउंदै एनआरएनए नामधारी संगठनले आयोजना गर्ने कुनै पनि कार्यक्रममा नागरिकता खोई अभियानमा संलग्न, यसका सहयोगी र समर्थक र शुभचिन्तकहरुसंग कुनै पनि एनआरएनएका कुनै पनि कार्यक्रममा सहभागी नहुन आग्रह गर्नु परेको जानकारी दिए ।

एनआरएनएको एउटा समुहले आउने साता नेपालमा एनआरएन डे मनाउने घोषणा गरेको वेला नागरिकता खोईले यस्ता कार्यक्रममा सहभागी नहुन आग्रह गरेको हो ।

नागरिकता खोई अभियानले विभिन्न कारणले विदेशमा वस्दा त्यहांको नागरिकता लिएका नेपालीको नेपाली नागरिकता निरन्तरताका लागि व्यापक अभियान संचालन गरिरहेको छ । नेपालका राजनीतिक नेता, बौद्धिक र नागरिक समाजका अगुवा समक्ष नागरिकताको निरन्तरताका लागि पहल गर्न अनुरोध गरिरहेको छ । नागरिकता खोई अभियानको संकरात्मक प्रभाव पर्दै गएको र नेपालको फाइदाका लागि पनि नागरिकताको निरन्तरता आवश्यक रहेको घिमिरेले वताए ।

किन एनआरएनएको कार्यक्रम वहिष्कार गर्नु पर्यो ? घिमिरे भन्छन् एनआरएनए संस्थाहरु त्यहां रहेका पदाधिकारीहरु हेर्नु होस विदेशमा वस्ने नेपालीका मुद्दामा उनीहरु संवेदनशीलनै देखिदैनन्, पद व्यवसाय र चर्चा वाहेक अरु कुरामा उहांहरुको ध्याननै गएको छैन पछि संस्था सुधार भयो भने अर्को कुरा हो तर, अहिलेलाई एनआरएनएले हामी विदेशमा वस्ने नेपालीका मुद्दालाई प्रभावकारी रुपमा राख्न सक्छ राखेको छ भन्ने मलाई लाग्दैन ।

सरकारले अमेरिकाको क्यालिफोर्निया र टेक्ससमा कन्सुलेट अफिस राख्ने निर्णय गरेको छ । यो निर्णय हुनुमा अमेरिका वस्ने सर्वसाधारण नेपालीको दवावले गर्दा हो यो स्वागत योग्य निर्णय हो घिमिरेले । त्यहांका एनआरएनएहरु र पार्टीका भातृसंगठनलाई पर राखेर जनदवाव सृजना गर्दा दुई स्थानमा कन्सुलेट अफिस खोल्न संभव भयो ।

यसरीनै हामीले अव विदेशमा वस्ने नेपालीको मुख्य मुद्दा नागरिकताको निरन्तरता र विदेशमा वस्ने नेपालीले भोग्दै आएका अन्य समस्याका वारेमा दबाव सृजना गर्नु पर्छ हामी हाम्रा आमा बुवा दाजु भाईलाई भन्ने छौ हाम्रो चाहना वेगर हामीलाई विदेशी नागरिक वनाउने राजनीतिक पार्टी, नेतालाई भोट नदिनुहोस कृपया उनीहरुलाई वहिष्कार गरेर नेपालको आर्थिक विकासलाई सहयोग गर्नु होस । यसको शुरुआत भईसकेको छ घिमिरेले भने ।