मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

मनाङमा लेक लागेर पर्यटकको मृत्यु

मनाङमा लेक लागेर पर्यटकको मृत्यु

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक जना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ-३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए । राति सकुशल सेतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए ।

“लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो”, प्रहरी निरीक्षक केसीले भने, “सूचना प्राप्त भए लगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।” उनले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए ।