मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मनोरञ्जन   

ह्युस्टनमा दशैं-तिहार सांङ्गीतिक कार्यक्रम हुने

ह्युस्टनमा दशैं-तिहार सांङ्गीतिक कार्यक्रम हुने

कार्यक्रमबाट बचेको रकम नेपालमा बाढी पीडितलाई पठाइने

हिमालय खबर

शेयर गर्नुहोस:

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन, टेक्सस।

दशैं तिहारको अवसर पारेर भिआइपी मुभमेण्टले  ह्युस्टन पशुपति मन्दिर परिसरमा एक सांङ्गीतिक कार्यक्रमको आयोजना गर्दैछ। नेपाली गीत-सङ्गीतको प्रवर्द्धन पनि हुने र हालै नेपालमा गएको बाढी पहिरोबाट प्रभावितहरुको लागि आर्थिक सहयोग पनि हुने उद्देश्यले भिआइपी मुभमेण्टले यो  सांङ्गीतिक उत्सवको आयोजना गरेको आयोजक मध्येका एक विष्णु कार्कीले हिमालय खबरलाई बताएकाछन्। कार्कीका अनुसार पशुपति मन्दिर परिसरमा यही अक्टुबर १९ तारिक शनिवारका दिन हुने कार्यक्रमबाट संकलित रकमबाट खर्च कटाएर बचेको सबै रकम नेपालमा बाढी पहिरो पीडितहरुको सहयोगको लागि दान गरिने छ।

फुलबुट्टे सारी… लगायतका चर्चित गीतको गायिका मिलन नेवार सहित कलाकारहरु अन्जली अधिकारी, खेम सेन्चुरी र राधिका कंडेलको संयुक्त प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम दिउँसो दुई बजेदेखि साँझ आठ बजेसम्म ह्युस्टनस्थित पशुपतिनाथ मन्दिरमा रहेको हिमालयन कल्चरल सेण्टरको प्राङ्गणमा हुने आयोजकहरुले जनाएकाछन्। ३० डलर प्रवेश शुल्क निर्धारित कार्यक्रममा जति धेरै नेपाली गीत-सङ्गीतका पारखीहरुको सहभागिता रह्यो त्यति धेरै सहयोग रकम संकलन गरेर नेपाल पठाउन सकिने आयोजकहरुले बताएकाछन्।