मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   

न्यूयोर्कमा प्रधानमन्त्री ओलीको कार्यक्रम रद्ध

न्यूयोर्कमा प्रधानमन्त्री ओलीको कार्यक्रम रद्ध


शेयर गर्नुहोस:

12.2k
Shares

  • change font
  • change font
  • change font

न्यूयोर्क (अमेरिका) । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार साँझ हुने तय भएको कार्यक्रम रद्ध भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएका प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु देउवाको स्वागतमा नेपाली समुदायले कार्यक्रम तय गरेको थियो । साँझ ५ः३० बजेको लागि तय भएको कार्यक्रम हाललाई रद्ध भएको छ’ कार्यक्रम आयोजक मध्यका एउटा संस्था प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले हिमालयखबरसँग भने ।

न्यूयोर्कको गुलसान टेरेसमा तय भएको कार्यक्रम जनसम्पर्क समिति, प्रवासी मञच, मधेशी एसोसिएसन, नेपाली महाबाणिज्यदुतावास, आदिबासी जनजाती महासंघले संयुक्त रुपमा गर्न लागेका थिए । आइतबार साँझनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको भेटघाट तय भएको छ ।

प्रधानमन्त्री ओलीको स्वागतमा राखिएको कार्यक्रममा नेपाली समुदायले गैर आवासीय नागरिकता प्रभावकारी नभएकोले पुरानै नागरिकताको निरन्तरता र ड्यालस तथा क्यालिफोर्नियामा कन्सुलेट कार्यालय स्थापनाको लागि आवाज उठाउने तय भएको थियो । त्यसका लागि क्यालिफोर्निया, टेक्ससबाट नेपाली समुदायका अगुवाहरु न्यूयोर्क पुगेका छन् ।

प्रधानमन्त्रीको कार्यक्रम रद्ध हुनुलाई नेपालमा पछिल्लो समयमा उत्पन्न घटनाक्रमसँग पनि केहीले जोडेर हेरेका छन् । विशेषगरि पूर्ब उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा परेको र अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिने तयारी भैरहेको छ । अभियन्ता भनिएका दुर्गा प्रसाईलाई पनि प्रहरीले हिरासतमा राखिसकेको छ ।

अमेरिकामा रविको प्रकरणमा प्रश्न, चासो उठ्ने र विरोध समेत हुने संभावनाका कारण कार्यक्रम रद्ध गरिएको हुनसक्ने अनुमान पनि छ ।

तर झण्डै एकसाता अमेरिका बसाई रहेका प्रधानमन्त्रीले भारतीयसँग आफ्नो सम्बन्ध सुधारका लागि मोदीसँगको भेटलाई प्राथमिकता दिएर कार्यक्रम स्थगित गर्न लगाएको चर्चा पनि चलेको छ । प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँग भेटघाट र धारणा सुन्नका निम्ति अमेरिकाका बिभिन्न स्थानबाट आइपुगेका नेपालीहरु पनि अन्यौलको अवस्थामा पुगेका छन् ।

शेयर गर्नुहोस:

12.2k
Shares