मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
क्यालिफोर्निया   

अन्टिएफको चौथो महासभा सम्पन्न

अन्टिएफको चौथो महासभा सम्पन्न

हिमालय खबर

शेयर गर्नुहोस:

540
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर स्रोत : राजु थापा

लस एन्जल्स – क्यालिफोर्नियाको लस एन्जल्सस्थित हिन्दु मन्दिर र बौद्ध स्तुपा सभाहलमा युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टिएफ) को चौथो महासभा तथा दशौं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रमले नेपाली तेक्वान्दोको भविष्यबारे छलफल गर्दै मास्टर लब प्रसाद गोर्खालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नेपालका अवैतनिक महावाणिज्य दूत ऋषि ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ढकालले तेक्वान्दोको अन्तर्राष्ट्रिय विकासका लागि नेपाली समुदायको एकताप्रति खुशी व्यक्त गरे। नवनिर्वाचित अध्यक्ष गोर्खालीले महासंघलाई अझै मजबुत बनाउन र नेपाली तेक्वान्दोको विकासका लागि नयाँ योजनाहरू ल्याउने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपाली तेक्वान्दोको विकासमा महत्वपूर्ण योगदान पुराउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई समापन कार्यक्रममा प्रशंसा पत्र र सम्मान प्रदान गरिएको थियो भने आठौं साफ तेक्वान्दो स्वर्ण पदक बिजेता ऋतु जिम्मी राई र नवौ साफ गेममा स्वर्ण पदक बिजेता रुपा स्यागंदान लाई बिशेष सम्मान पनि गरिएको थियो ।

कार्यक्रम अमृत महतोको संयोजकत्वमा हिमालयन ग्रिल रेस्टुरेन्टमा आयोजना भएको थियो भने कार्यक्रम सञ्चालन मुना प्याकुरेलले गरेकी थिइन्।