मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
न्युयोर्क   

ज्ञानेन्द्र शाहीले संसदमा भने—टेक्सस, क्यालिर्फोनिया र कोलोराडोमा कन्सुलर कार्यालय खोल्नुहोस्

ज्ञानेन्द्र शाहीले संसदमा भने—टेक्सस, क्यालिर्फोनिया र कोलोराडोमा कन्सुलर कार्यालय खोल्नुहोस्

नेपालमा त दुख दिनुभयो विदेशमा समेत नेपालीलाई दिनुभएको छ


अमेरिका- सांसद ज्ञानेन्द्र शाहीले वासिङ्गटन डिसीस्थित नेपाली राजदूतको निवासलाई दूतावास कार्यालय बनाउन संसदमा माग गरेका छन् । हाल भएको नेपाली दूतावासको अफिस कसैको क्यान्टिन जस्तो रहेको भन्दै राजदूत निवास त्योभन्दा ठूलो रहेकाले त्यहाँ सार्न माग गरेका हुन् ।

मंगलवार संसदमा बोल्दै सांसद शाहीले टेक्सस, क्यालिर्फोनिया र कोलोराडोमा नेपाली कन्सुलर अफिस खोल्न पनि माग गरे । शाही गत महिना अमेरिका भ्रमणमा आएका थिए । त्यस अवसरमा उनले हिमालयखवरसंग कुरा गर्ने क्रममा यहांको समस्या नेपालमा उठाउने वताएका थिए ।

ज्ञानेन्द्र शाहीले यसरी राखेका थिए अमेरिका वस्ने नेपालीका समस्या ।

अमेरिकामा राजदूत बस्ने घरलाई दुतावास कार्यालय बनाउनुहोस :
म आज अलिकती नेपालभन्दा पर जाँदैछु । हाम्रो सम्माननीय प्रधानमन्त्री जम्बो टोली सहित अमेरिका जाँदै हुनुहुन्छ । म यो संसदलाई सम्झना दिलाउन चाहान्छु कि नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७७ बर्ष भयो । अमेरिकामा नेपाली दूतावास खुलेको ६६ बर्ष पुगेछ । ६६ बर्ष अघि खुलेको अमेरिकास्थित नेपाली दूतावास कसैको क्यान्टिनमा गएको जस्तो बनाएकाछन् । राजदूत बस्ने घर ठूलै छ । दूतावास सानो छ । प्रधानमन्त्री त्यहाँ जाँदै हुनुहुन्छ ।

यो संसद मार्फत प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई अपील गर्न चाहान्छु राजदूत निवासलाई दूतावास कार्यालय बनाईदिनुहोस् । दूतावासलाई राजदूतको निवास बनाईदिनुहोस् । यो गर्नु भयो भने नेपालीको मान सम्मान र इज्जत बढ्छ ।

नेपालमा त दुख्ख दिनु भयो विदेशमा समेत नेपालीलाई दिनुभएको छ:
अमेरिकामा करिव ६, ७ लाख नेपाली छन् । वैधानिक र अवैधानिक दुबै गरेर । जसमध्ये ४ लाख नेपाली तिनवटा राज्य टेक्सस, कोलोराडो र क्यालिर्फोनियामा वस्छन् । नेपाली दूतावास वासिङ्गटन डिसी छ । क्यालिर्फोनियाबाट डीसी जान ४५२५ किलोमिटर छ । टेक्सस ड्यालसबाट २१४० र कोलोराडोवाट २७१३ किलोमिटर पर्छ । ति राज्यमा नेपालको सानो कन्सुलर अफिस पनि छैन । २ जना कर्मजारी राखेर ति राज्यमा कन्सुलर अफिस खोल्न सकिन्छ ।

यो नहुँदा ४ लाख नेपालीले त्यहाँ दुख्ख पाईरहेकाछन् । नेपालमा त तपाईहरुले दुख्ख दिनभयो भयो । उद्योग कलकारखाना बन्द गर्नु भयो, हत्या हिंसा गर्नु भयो , व्यवसाय ठप्प पार्नु भयो नेपालका छोरा छोरीलाई एक आपसमा लडाएर मार्नु भयो र रोजगारका लागि विदेश पठाउनु भयो । तर, त्यहाँ विदेशमा पनि तपाईहरुले सुख्ख दिनु भएको छैन । जम्मा दुई जना कर्मचारी चाहिन्छ कन्सुलर अफिस खोल्न । त्यहाँ नेपालीले यसका लागि जमिन पनि दिन्छु भनेकाछन् ।

प्रधानमन्त्रीज्यू तपाईं अमेरिका जाँदै हुनुहुन्छ । टेक्ससमा एउटा कन्सुलर अफिस खोलेर आईदिनुभयो भने तपाईंको भ्रमण सफल हुन्छ ।