मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

टेक्ससको वाकोमा तीन साता अघि नेपालीको हत्या गर्ने अभियुक्त पक्राउ

टेक्ससको वाकोमा तीन साता अघि नेपालीको हत्या गर्ने अभियुक्त पक्राउ

दीपक ओली हत्याका अभियुक्तहरु । तस्बिर स्रोत: सामाजिक सञ्जाल

शेयर गर्नुहोस:

5.6k
Shares

  • change font
  • change font
  • change font

टेक्सासमा तीन साता अघि एक जना नेपालीलाई गोली हानेर हत्यागरेको अभियोगमा दुई जनालाई म्यालिन काउण्टी प्रहरीले पक्राउ गरेको छ । गत जुलाई २८ मा सांझ करिव साढे ६ बजे स्टोरमा कार्यरत ३० बर्षका दिपक ओलीको गोली हानेर हत्या गरिएको थियो ।

स्थानिय टेलिभिजन च्यानल केडब्लु टेक्ससका अनुसार उक्त हत्यामा संलग्न भएको आरोपमा २२ बर्षका माथ्यु बेल्ट्न र २३ बर्षका मिचा ह्यारिस पक्राउ परेका हुन् ।

Advertisement
ADVERTISEMENT

पक्राउ परेका ती अभियुक्तले त्यही दिन त्यसवरी परीका दुईवटा ट्रक स्टपपनि लुटेका थिए ।

टीभी समाचार अनुसार जुलाई २८ मा करिव साढे ६ वजे सांझ इर्मजेन्सी नम्बरमा आई ३५ एल्म मट स्टोरमा कामगर्ने व्यक्ति नभेटिएको सुचना दिईएको थियो । त्यहां प्रहरी पुग्दा स्टोर वाहिर दिपकको शव भेटिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा क्यामरा हेर्दा ती लुटेराले रजिष्ट्ररवाट पैसा लिए पछि पछाडीको ढोकावाट भागेका दिपकलाई गोली हानेको देखिएको थियो ।

अनुहारमा कालो मास्क लगाएर आएका अभियुक्तले गोली चलाएका थिए । प्रहरीले अनुसन्धान गर्दै जांदा वाइकोमा दुईवटा ट्रक स्टप लुट्ने र त्यस नजिक दिपकको हत्या गर्ने एउटौ गाडीमा चढेको पत्ता लगाएको थियो ।

ट्रक स्टप को स्थान । तस्बिर स्रोत: सामाजिक सञ्जाल

अनुसन्धानमा संलग्न प्रहरीले ती अभियुक्त चढेको गाडीको लाइसेन्स प्लेटका आधारमा उनीहरुलाई खोजी गरिरहेको थियो ।

पक्राउ परेका दुई जनाले अपराध स्विकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई धेरौटीमा छुट्न नपाउने गरी हत्या र लुटपाटको अभियोगमा जेल पठाईएको छ ।

मृतक दिपक ओली

ती अभियुक्तले ट्रक स्टप भित्र पसेर सहयोगका लागि आग्रह गरेका थिए । त्यस पछि एकजनाले लुगा भित्र लुकाएको बन्दुक निकालेर पैसा मागेका थिए । त्यस पछि ती लुटेरा अर्को स्टोरमा लुट्न पुगेका थिए ।

नेपालको रुकुम घर भएका दिपक एक बर्ष अघि तल्लोवाटोवाट गैरकानुनी रुपमा अमेरिका छिरेका थिए । उनले त्यहां काम गर्दै अमेरिका आउंदा लिएको ऋण तिरिहेका थिए ।

शेयर गर्नुहोस:

5.6k
Shares