मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

हिमालय खबर

शेयर गर्नुहोस:

270
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मस्याङ्दी नदीमा खसेको हो । तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका बसमा भारतीय यात्रु सवार थिए । यात्रुको सङ्ख्या भने यकिन हुन सकेको छैन ।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घट्नास्थलमा यात्रुको उद्धार गरेको हो । यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन गरिनुका साथै उनीहरुलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको उनले बताए । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । बसमा झण्डै ४० भारतीय यात्रु सवार रहेको बताइएको छ ।