मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिसी मेट्रो   

ममताका पति पक्राउ, बालकलाई प्रहरीले जिम्मा लियो (भिडियो सहित )

ममताका पति पक्राउ, बालकलाई प्रहरीले जिम्मा लियो (भिडियो सहित )

ममताको फेसबुकवाट चिनजान भएर भएको थियो विवाह


Photo and video source : WUSA9

भर्जिनिया (अमेरिका)- विगत २ साता देखी बेपत्ता ममता काफ्लेको पति नरेश भट्टलाई प्रहरीले विहिवार विहान गिरफ्तार गरेको छ । घरवाटनै उनलाई प्रहरीले हिरासतमा लिएको हो । वुधवार स्थानिय प्रहरीले शंकास्पद व्यक्तिका रुपमा नरेशलाई राखेको थियो । उनको घरमा खान तलासी गरेको थियो ।

प्रहरीलाई नरेशलाई हिरासतमा लिए पछि उनको नाबालकलाई आफैंसंग लगेको छ । यसवारेमा विहिवार प्रहरीले पत्रकार सम्मलेन गरेर घटनाकावारेमा जानकारी दिने वताएको छ ।

ममता काफ्लेको पति नरेश भट्ट : तस्बिर सामाजिक संजाल

अमेरिकाको भर्जिनियावाट वेपत्ता भएकी ममता काफ्लेका वारेमा प्रहरीले उनका पतिलाई नै शंकाको घेरामा राखेको थियो । यही आधारमा वुधवार उनको घरमा स्थानिय प्रहरीले सर्च गरेको थियो । प्रहरीले यस वारेमा विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । तर, छिट्टै ममताको अवस्थामा वारेमा पत्ता लाग्ने संकेत गरेको छ ।

उनका पतिले अनुसन्धानमा पर्याप्त सहयोग नगरेको र पोइन्ट अफ इन्ट्रेस्ट अर्थात शंकास्पद व्यक्ति उनका पतिनै भएको अनुसन्धानवाट देखिएको प्रहरीले जनाएको छ ।

ममता र उनका पतिका बिच राम्रो सम्बन्ध थिएन । ममता वेपत्ता भएपछि पनि उनका पतिले खोजी कार्यमा प्रहरीलाई पर्याप्त सहयोग नगरेको वताईएको छ ।

भर्जिनियाको मनाससमा वस्दै आएकी नर्स ममता दुई साता देखी बेपत्ता छन् । प्रहरीले निरन्तर उनको खोजी गरिरहेको छ । ममता आफ्नो सिफ्टमा काम गर्न नआएपछि उनका सहकर्मीले प्रहरीलाई खवर गरेका थिए । ममतालाई खोज्न स्थानिय नेपाली समाजले पनि प्रहरी प्रशासनलाई दवाव दिएको थियो । स्थानिय मिडियाले पनि यसवारेमा समाचार दिएका थिए ।

ममताको वारेमा उनका पतिनै शंकाको घेरामा परेपछि नेपाली समाज स्तव्ध छ ।लामो समय भर्जिनियामा वस्दै आएकी समझना आत्रेयले कस्ता कस्ता नर्कलाई विश्वास गर्न पुग्छन विचार छोरी चेलीहरु भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेकी छिन् । उनी लेख्छिन विदेशमा छ भन्दैमा वुझ न सुझ हतार गरेर बिहे गरिदिने वा बिहे भैसकेर पनि विश्वास टुटिसकेको संवन्धमा जवरजस्ति संगै बस्न बाध्य बनाउने समाज बाबु आमाले आफ्नो सोचमा मूल्यांकन गर्ने गरौं ।

भर्जिनिया वस्ने अर्का नेपाली प्रसन्न संग्रौला लेख्छन् कता जांदैछ हाम्रो समाज के भगवान । यो घटनालाई स्थानियले मात्र होइन अमेरिका भर नेपाली समुदायमा चासो छ । नेपाली समुदाय भित्र हुने घरेलु हिंसाका रुपमा यसलाई हेरिएको छ । विगतमा पनि घरेलु हिंसाले नेपाली समुदायमा पटक पटक यस्ता भयानक घटना भएका थिए । काम, आम्दानी र परिवार विचको सन्तुलनका वारेमा वहस पनि हुन थालेको छ ।

ममताको माइतीघर काभ्रेको पनौती हो । पनौतीका स्थानियहरुका अनुसार ममताले फेसबुकवाट चिनेका आधारमा डडेलधुराका नरेश भट्टसंग विहा गरेकी थिईन । यही आधारमा उनी अमेरिका आएकी थिईन । ममताको माइतिको परिवारको आर्थिक अवस्था कमजोर नै थियो । माइतीको पनौतीमा स सानो व्यापार थियो ।

माइती निकटहरुका अनुसार ममताले आफ्नी आमा संग घरमा पति र उनका परिवारले निकै कष्ट दिने गरेको सुनाउने गरेकी थिईन । कयौं पटक आफ्नी आमा संग पिडा सुनाउंदै रुने गरेकी थिईन् ।