मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   
राजनीति-समाज   

पूर्ब राजाहरुको फोटो भित्तामा टाँसेर पानसको कार्यक्रम (भिडियो सहित)

पूर्ब राजाहरुको फोटो भित्तामा टाँसेर पानसको कार्यक्रम (भिडियो सहित)

मुख्य सचेतक शाहीले भने–‘नागरिकता होइन त्यो चिर्कटु हो’


ड्यालस (अमेरिका) । नेपालीहरुको सबैभन्दा बढी बसोबास भएको अमेरिकाको ड्यालसमा हरेक सप्ताहन्तमा आधा दर्जन कार्यक्रमहरु हुँदै आएका छन् । तर आइतबार आयोजना भएको एक कार्यक्रम भने यस अघि हुने गरेका कार्यक्रमहरु भन्दा नितान्त फरक ढंगले भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासी संस्था पानस अमेरिकाले आइतबार टेक्ससको ड्यालसमा आयोजना गरेको कार्यक्रम नेपालका पूर्ब राजाहरुको तस्विरलाई भित्तामा टाँसिएको थियो । पृथ्बीनारायण शाहदेखि राजा ज्ञानेन्द्रसम्मका पोट्रेट तस्विरहरु कार्यक्रमस्थलको भित्तामा झुण्ड्याइएको थियो । तर तत्कालिन राजा बीरेन्द्रको वंशनाश पछि राजा भएका उनकै सहोदर भाई ज्ञानेन्द्रले दलहरुमाथि अंकुश लगाएर जननिर्वाचित सरकार अपदस्थ गरेपछि राजतन्त्र मक्किएको थियो ।

पहिलो पटक अमेरिका आएका राप्रपाका प्रवक्ता एवं संसदीय दलमा मुख्य सचेतक ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा पानस अमेरिकाले कार्यक्रम आयोजना गरेको हो । सामाजीक सञ्जालमा निकै भाइरल रहेका सांसद शाहीलाई हेर्न र सुन्न आइतबारको कार्यक्रममा ड्यालसका नेपालीहरुको उल्लेख्य सहभागिता थियो । उनीसँग फोटो खिचेर सामाजीक सञ्जालमा पोष्ट गर्नेहरुको पनि ठूलै भीड थियो ।

कार्यक्रमको सुरुवातमा आधुनिक नेपालको जग बसाउने राजा पृथ्बीनारायण शाहको तस्बीरमा माल्यार्पण गरिएको थियो । माल्यार्पणपछि सुरु भएको कार्यक्रमको सुरुमै सांसद शाहीले सहभागीहरुको धारणा, अपेक्षा, सुझाव सुनेका थिए । विगतमा हुने कार्यक्रमहरुका सुरुदेखिनै वक्ताहरुले पट्यारलाग्दो गरि लामो बोल्ने र सहभागीहरुले आफ्नो धारणा राख्ने अवसरनै नपाउने, पाइहाले पनि अन्तिममा मात्र पाउने परिपाटीलाई तोड्दै पानसले नयाँ रुपमा कार्यक्रम गरेको थियो ।

सहभागीहरुको चासो र जिज्ञासाको जवाफ दिँदै मुख्य सचेतक शाहीले गैर आवासीय नागरिकताका नाममा सरकारले अधिकार बिनाको खोस्टो दिएर विदेशका नेपालीहरुलाई झुक्याएको धारणा राखे । ‘नागरिकता भनेपछि त्यसले प्रदान गर्नुपर्ने अधिकार पनि त होला ? नागरिकता चाँही भन्ने अनि भोट दिन, सम्पत्ति बेचबिखन गर्न नपाउने पनि कहिँ हुन्छ ?’ उनले एनआरएन नागरिकताप्रति असन्तुष्टी जनाउँदै भने–‘त्यसलाई नागरिकता होइन, चिर्कटु नाम राखिदिनुस् ।’

शाहीले राजनीतिक अधिकार सहितको नागरिकताका लागि एनआरएनए, विदेशमा बस्ने नेपालीहरुले पहल गर्न आह्वान गर्दै आफू र आफ्नो पार्टी सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरे । उनले गैर आवासीय नेपालीप्रति राप्रपाको स्पष्ट धारणा रहेको उल्लेख गर्दै भने–‘तपाईहरु एक पटक नेपाली भैसक्नुभएको छ । पटक पटक नेपाली हुँ भनिरहनु पर्दैन । हाम्रो दलको स्पष्ट धारणा छ एकपटकको नेपाली सधैँको नेपाली हो ।’

शाहीले आफू पहिलो पटक अमेरिका आएको हुँदा यहाँका राम्रा कुराहरु हेरेर, सिकेर नेपालमा त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा सिक्न पनि चाहेको बताए ।

पानस अमेरिकाका अध्यक्ष रवि रावलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष दिपु भुसालले गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई पानस टेक्सस च्याप्टर अध्यक्ष उत्तम कार्कीले स्वागत गरेका थिए ।

त्यस अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, महसचिव विजय भुसाल, प्रवासी मञ्चका अध्यक्ष भीम कार्की, एचडिएनपीका देवी आचार्य, जनसम्पर्क समितिका संस्थापक सुन्दर कर्माचार्य, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष भुवन आचार्य, नेजाका पूर्ब अध्यक्ष विकासराज न्यौपाने, वर्तमान अध्यक्ष सुरज भण्डारी, पत्रकार मनोज जोशी लगायतले नेपालको राजनीतिक घटनाक्रम, प्रवासी नेपालको अपेक्षा, एनआरएन नागरिकता लगायतका विषयमा शाहीसँग जिज्ञासा र चासो राखेका थिए ।

पछिल्लो समयमा राप्रपाले राजतन्त्र पुनस्र्थापनाको पक्षमा वकालन गर्दै आएको छ । आइतबारको कार्यक्रममा पूर्ब राजाहरुको तस्विर टाँगिनुलाई सहभागीहरुलाई त्यही संकेत दिइएको धेरैले अर्थ्याएका छन् ।