मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
राजनीति-समाज   

बाग्लुङमा पहिरोमा परी आठ जनाको मृत्यु, दुई बेपत्ता

बाग्लुङमा पहिरोमा परी आठ जनाको मृत्यु, दुई बेपत्ता

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बाग्लुङमा पहिरोले पुरिँदा आठ जनाको ज्यान गएको छ । मंगलबार बिहानको बागलुङको बडिगाड गाउँपालिका–१०, आरुपाटाका ६ जना र बडिगाड–९ बलघाँसमा दुई गरी आठजनाको ज्यान गएको बागलुङ प्रहरीले जानकारी दिएको छ । त्यस्तै, अन्य दुई जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बडिगाड–१०, आरुपाट बस्ने वर्ष ७ की मालती बुढा, ७ वर्षीया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र ५९ वर्षीया मैतीदेवी बिकको पहिरोमा परेर मृत्यु भएको छ ।

त्यस्तै, बडिगाड–९, बलघाँसका १५ वर्षीय विद्यान परियारको पनि पहिरोमा परेर ज्यान गएको छ। पहिरोले स्थानीय श्याम परियारको घरलाई पुरेको थियो, त्यही पहिरोमा परेर छोरा विद्यान परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बडिगाड–९, दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पहिरोले पुरिएर ज्यान गएको छ । बाटोमा हिँडिरहेका उनलाई माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुर्तिबाङबाट करिब ४० किलोमिटर टाढाको उक्त गाउँमा बिहान ११ बजेतिर पहिरो झरेको थियो । बिहान घटना भए पनि बाटोको असहजता र ठाउँठाउँमा पहिरो झरेकोले दिउँसो ४ः०० बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।