मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
राजनीति-समाज   

कर्णालीको विकासको लागि अमेरिकामा टास्क फोर्स गठन

कर्णालीको विकासको लागि अमेरिकामा टास्क फोर्स गठन

हिमालय खबर

शेयर गर्नुहोस:

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दे आएका प्रबुद्ध समूहले नेपालको कर्णाली प्रदेशको विकासमा के कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् ।

शनिबार मेरिल्याण्डमा आयोजित कार्यक्रममा सहभागीहरुले खास गरी कर्णाली क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि कर्णालीको शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीको अवस्थामा सुधार ल्याउन र महिलाहरुको सशक्तिकरणमा समेत कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा बहस गरेका छन् ।

साथै,कर्णाली क्षेत्रको विकासको लागि अमेरिकामा रहेका नेपालीहरुबीच समन्वय र सहकार्य गर्दे आगामी दिनमा सामाजिक आर्थिकरुपमा सहजीकरण गर्नको लागि मेरिल्याण्ड निवासी सामाजिक अभियन्ता तीर्थ पाण्डेयको संयोजकत्वमा एक टास्क फोर्ससमेत गठन गरिएको छ ।

शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे कर्णालीको जुम्लावाट नेपालको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद् ज्ञानेन्द्रबहादुर शाहीले कर्णालीमा जलविद्युत आयोजनाको प्रचुर सम्भावना रहेको बताए । उनले भने, ‘कर्णालीमा यातायात क्षेत्रको विस्तारको लागि चालू आर्थिक वर्षको बजेटमा एक अर्ब रुपैयाँ विनियोजन गराउन सफल भएको छौँ ।’

सांसद् शाहीले भने, ‘नेपाली भाषाको उदगमस्थल सिंजाको वडा नं-३ मा जन्मेकोले पनि त्यहाँको विकासमा पछाडि परेकोमा मलाई चिन्ता लागेको छ । यसको लागि म निरन्तररुपमा आवाज उठाइरहने छु ।’

‘कर्णालीमा मानसरोवर, रारा ताल, कर्णाली नदीजस्ता प्राकृतिम मनोरम स्थान छ, तर त्यहाँ गाडीको पहुँच छैन । त्यसैले हामीहरुले निरन्तर सरकारको ढोका ढकढक्याइरहेका छौँ’, शाहीले भने, ‘कर्णालीको गाउँमा अझै बिजुली जोडन बाँकी छ, फोरजी सेवा सेवा छैन । शाहीको भनाइ थियो कर्णाली स्वर्गभूमि हो, बहुमूल्य जडीबुटीहरु जस्तै यार्सागुम्बाको भण्डार हो अब यी सबै कुराहरुसँग कर्णालीको विकास कसरी जोडने भनेर विदेशमा बस्नेहरुसँग सहकार्य, समन्वय गर्ने सोचका साथ यहाँहरुसँग जोडिने चाहना राखेको छु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मेरिल्याण्ड राज्यका सांसद् डा. हयारी भण्डारीले नेपालमा प्रजातन्त्रको विकासको लागि सबैभन्दा बाधक गरिबी रहेको बताए । उनले भने, ‘प्राकृतिक रुपले भरिपूर्ण र सम्पदाको खानी भएर पनि कर्णालीको विकास हुन नसक्नु र नागरिकको जीवनस्तर खस्कनुको कारण पहिल्याउनु पर्नेछ ।’

भण्डारीले अगाडि भने, ‘नेपाली भाषाको उदगमस्थल सिंजा नेपाली भाषीहरुको महत्त्वपूर्ण स्थल हो, त्यसमा कसरी काम गर्न सकिन्छ भनेर पनि सोच्न पर्ने बेला आएको छ ।’

कार्यक्रममा डा श्याम कार्की, डा कृष्ण विष्ट, डा अर्जुन बन्जाडे, इन्जिनियर किरण थापा, प्रेम राजा महत, पारस श्रेष्ठ, कुल गुरुङ, लोक तिवारीलगायतले अन्तर्क्रियामा भाग लिएका थिए । साथै, कार्यक्रममा डोलनाथ घिमिरे, पशुपति बन्जाडे, भुवनेश्वरी बन्जाडे, भीम विके, धर्म विश्वकर्मा, समीप गिरी, विष्णु बराललगायतले अन्तर्क्रियामा भाग लिएका थिए ।

कार्यक्रममा अर्जुन हमाल, प्रेम श्रेष्ठ, डा उत्तम गौली, मधुकर अधिकारी ,कोसिस भण्डारी, प्रविन भण्डारी, गोपाल भण्डारी, अमर भण्डारी, पशुपति बस्याल, सृजना विरही, सुबोधविलाश पन्त, शालिग्राम गिरी, कमलनाथ सापकोटा, आयुष सापकोटा, बुद्धिसागर खनाल, चन्द्र बेल्बासे, खगेन्द्र शर्मा, माया श्रेष्ठ, विनोद न्यौपाने, हरिमाया प्रधान, देवीमाया बस्नेत, आदित्य न्यौपाने, इन्द्र थापा क्षेत्री , सरोजकृष्ण पुरी, किरण थापा, मोहन थापा, अपार श्रेष्ठ, सञ्जिव नेपाली, कुमार भण्डारी, कृष्णकुमार विष्ट, किशोर श्रेष्ठ, चन्द्रबहादु शाही, नेत्र केसी, काजीबाबु कार्की, अम्मरबहादुर श्रेष्ठ, मनलाल जैसी, असीमित भट्टराई, अञ्जु खरेल, मोहनजंग शाही, सावित्री चन्दलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।