मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

टेक्ससमा ग्यास स्टेशनमा कार्यरत नेपालीको हत्या

टेक्ससमा ग्यास स्टेशनमा कार्यरत नेपालीको हत्या


ग्याँस स्टेशनमा हत्या गरिएका वलीको सहयोगार्थ गोफण्ड

टेक्सस (अमेरिका) । ग्याँस स्टेशनमा काम गर्ने क्रममा आइतबार बिहान लुटेराको आक्रमणमा परेर टेक्ससमा एक नेपालीको निधन भएको छ ।

टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेशनमा कार्यरत ३० बर्षिय नेपाली दीपक वलीलाई लुटेराले गोली हानेर हत्या गरेका हुन् । अन्दाजी बिहान ५ बजेको समयमा वली कार्यरत ग्याँस स्टेशनमा आएर दुई लुटेराले गोली प्रहार गरेको बताइएको छ । एक जना श्वेत र अर्का अश्वेत लुटेराहरुले स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेको र उनको घटनास्थलमै निधन भएको थियो ।

तीन जनाको समुहमा आएका लुटेरा मध्य एकजना भने बाहिर गाडीमै बसेको र दुईजना स्टोरमा पसेर हत्या गरेको बुझिएको मृतकका आफन्त तथा मोहन कुसारीले जानकारी दिए । रुकुमको बाँकेकोट–१० घर भएका वली गत वर्षमात्र अमेरिका आएका हुन् । नेपालमा उनको ५ बर्षिया छोरी, पत्नी र मातापिता मात्र रहेका छन् । मृतक वली ग्रीनकार्डको प्रकृयामा रहेको बताइएको छ ।

लुटेराहरुले उनलाई गोली प्रहार गर्नु अघि बिहान ३ बजेतिर अर्कै ग्याँस स्टेशनमा पुगेर लुटेका थिए । त्यहाँ पनि नेपाली क्लर्कनै कार्यरत थिए । त्यसमा भने लुटेर क्लर्कलाई कुटपिट गरेका थिए ।

‘हामीले परिवारलाई खबर गरिसक्यौँ । अहिले प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ’ कुसारीले भने ।