मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ ।

Advertisement
ADVERTISEMENT

यस्तै, असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ । असार १० गतेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

शेयर गर्नुहोस:

270
Shares