मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता फेला

६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता फेला

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो ६ किलो सुनसहित पक्राउ परेका छन् । आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेलासमेत पारेको जानकारी दिएको हो ।

उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाणपत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सिआइबीले जनाएको छ ।

सोमबार बिहान सिआइबीको टोलीले ६ किलो सु्नसहित गुरूङलाई बौद्धको तिनचुलीबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट ९९९.९ किलो सुन ६ थान (आधिकारिकरुपमा तौल र परीक्षण बाँकी), ४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको छ ।

गुरूङ अवैध सुन भन्सार चोरी पठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । बरामद सुन र गुरूङबारे सिआइबीले थपअनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।