मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या

क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या

हिमालय खबर

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा । अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ । अज्ञात समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिलला प्रहरी कार्यालयका बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित पुख्र्यौली घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्शकोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि कुशवाहामाथि गोली प्रहार भएको थियो ।

दुई वटा मोटरसाइकलमा आएका चार जना सवार अपराधीले कुशवाहाको बाटो छेकी पिँठ्यूमा एक राउण्ड गोली प्रहार गरी भागेका थिए । गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगञ्जस्थित ब्योधा अस्पताल आज साँझ ७ः१५ बजे आसपासमा मृत्यु भएको प्रहरी प्रवक्ता न्यौपानेले भने ।

घटनामा संलग्न भएको आशङ्कामा दुई स्थानीयलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता न्यौपानेले भने । अहिले सो क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरी अपराधीलाई खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।