मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय


शेयर गर्नुहोस:

378
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद्समेत रहेका आलमलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चार जनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो । यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् ।

Advertisement

आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।

सर्वोच्च अदालतको आदेशपछि आलम २०७६ असोज १९ मा पक्राउ परेका थिए ।

शेयर गर्नुहोस:

378
Shares