मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लागूऔषध कारोबार रोक्न भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता

लागूऔषध कारोबार रोक्न भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम । नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठकमा लागूऔषधको कारोबार रोक्नका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भारतको उत्तर प्रदेशस्थित लखिमपुर (खिरी) जिल्लाको पलियामा शनिबार बसेको बैठकमा सीमा क्षेत्रबाट हुनेगरेको लागूऔषधको कारोबार रोकथाममा भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए।

खुला सीमाका कारण भारतीय क्षेत्रबाट लागूऔषध कैलाली सहितका जिल्लामा भित्रिने गरेको छ । प्रहरीले लागूऔषध कारोबार र सेवनमा लाग्नेलाई धमाधम पक्राउ गरेपनि समस्या समाधान हुनसकेको छैन । केही हप्तापछि भारतमा हुन लागेको लोकसभाको चुनावलाई मध्यनजर गरी बसेको बैठकमा सीमा क्षेत्रमा नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट बेलाबखत हुने दुर्व्यवहार रोक्नुपर्ने नेपाली पक्षले कुरा उठाएका थिए ।

“बैठकमा मैले नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट हुने गरेको दुर्व्यवहार रोक्नुपर्ने कुरा उठाएँ, भारतीय पक्षले यस्तो हुन नदिने प्रतिबद्धता गर्नुभयो,” प्रमुख जिल्ला अधिकारी मिश्रले भने, “बैठकमा भारतमा हुन लागेको चुनावको ७२ घन्टाअघि सीमा सिल गर्ने, एम्बुलेन्सलगायतका अति आवश्यक सवारी साधनको आवागमनमा भने रोक नलगाउने, चुनावको बेला सीमामा कुनै अवाञ्छित गतिविधि हुन नदिन निगरानी गर्ने, वन तथा वन्यजन्तु र व्यापारिक मालसामानको चोरी तस्करी नियन्त्रणमा मिलेर काम गर्ने समझदारी भएको छ ।”

बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीको तल्लो तहसम्म सूचना आदानप्रदान गर्ने विषयमा प्रतिबद्धता गरिएको छ ।