मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
नेपाल   
मुख्य समाचार   

नेप्लिज लायन्स क्लब द्वारा नेपालमा दुइसय २० मोबिलिटी कार्ट

नेप्लिज लायन्स क्लब द्वारा नेपालमा दुइसय २० मोबिलिटी कार्ट


ड्यालस (अमेरिका) । संसारका दुइसय भन्दा बढी देशमा आफ्नो सेवा दिने सबै भन्दा ठुलो सामाजिक संस्था लायन्स क्लबले हिडडुल गर्न नसक्ने र गोडाले काम नगर्ने अशक्तहरूलाई आँफै गुडाएर हिड्डूल गर्न मिल्ने दुइसय २० वटा मोबाइल कार्ट नेपालमा उपलब्ध गराउने भएको छ ।

लायन्स डिस्ट्रिक्स टू एक्स वानका गभर्नर प्रकाश गौतमको नेतृत्व, भाइस डिस्ट्रिक गभर्नर राधाकृष्ण काफ्ले र स्पेसियल्टी क्लव कोअर्डिनेटर थलराज पन्तको समन्वयमा डिएफडब्लूस्थित नेप्लिज लायन्स क्लबहरुको अध्यक्षहरू र नेपालका लायन्स लिडरसँग पटक पटक भएको छलफल र सहमति पश्चात वर्ड वाइडले उक्त कार्ट निशुल्क दिने र अमेरिकाबाट नेपालसम्म पुर्‍याउन लाग्ने शिपिङ चार्जको आंशिक भाग यी क्लबहरुले ब्यहोर्ने सहमति भएको छ।

नेपालमा यी कार्टहरुको वितरण भने नेपालका लायन्स मार्फत उचित व्यक्तिको पहिचान गरी उपलब्ध गराउन र भन्सार आदि प्रकृयाका लागि लायन्स मल्टिपल डिस्ट्रिक ३२५ अन्तर्गत डिस्ट्रिक आरले गर्ने गरी सहमति भएको छ । सो कार्य का लागि उक्त डिस्ट्रिकका डिस्ट्रिक गभर्नर आरएस महतो र भाइस डिस्ट्रिक गभर्नर दिनानाथ न्यौपानेसँग सहमति भएको छ। उक्त कार्टहरू अब केही दिनभित्रै शिपिङ्ग गर्ने आवश्यक व्यवस्था मिलाइएको भाइस डिस्ट्रिक्ट गभर्नर राधाकृष्ण काफ्लेले जानकारी दिए ।

स्मरण रहोस् उक्त मोबिलिटी कार्ट भन्सार अनि ढुवानी बाहेकको लागत खर्च, प्रति गोटाको चार सय अमेरिकी डलर रहेको छ । उक्त मोबिलिटी वर्ड वाइडले यस अघि पनि अन्तर्राष्ट्रिय लायन्स क्लब मार्फत विश्वका अन्य देशहरूमा पनि सहयोग गर्दै आइरहेको छ। यस कार्यका लागि, पटक पटक भएको छलफलमा डीएफडब्लूस्थित लायन्सका पूर्व अध्यक्ष, केही पदाधिकारीहरूका अतिरिक्त सूर्य नाथ भण्डारी (ड्यालस एभरेष्ट), राजेन्द्र कुँवर (अर्भिङ्ग एभरेष्ट), ललित गुप्ता (प्लानो कोलिन्स नेप्लिज), शिव सुवेदी (ड्यालस पोखरा), ओम थापा (ड्यालस बुद्ध), रूपेश न्यौपाने (ड्यालस लुम्बिनी), विलाश उपाध्याय (ड्यालस हेल्थ लायन्स), राजन रिजाल (ड्यालस डेन्टन), एलिना कर्माचार्य (कोलिन्स एथ्ना एलायन्स) र स्टुडेन्ट लायन्स क्लब लगायतको निर्णय पश्चात यो प्रोजेक्ट अगाडी बढाइको हो। क्लबहरूसँग अर्थ संकलन कार्यको समन्वय लायन्स राजेन्द्र कुँवरले गरेका थिए।

यी लायन्स क्लबहरूले समाजमा स्वतन्त्र ढंगले र अन्य सामाजिक सँस्थाहरूसँग सहकार्य गर्दै अन्य विविध सेवा र सहयोग पुर्‍याउँदै आएका छन्।

 

युटुब भिडियो साभारः मोबिलिटी वर्ल्ड वाइड