मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्यतिथि मनाइयो

कांग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्यतिथि मनाइयो


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

नवलपुर । समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्यतिथि विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

सोमबारदेखि सुरू भएको वार्षिक पुण्यतिथिमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेसका महामन्त्री गगनकुमार थापा, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलगायत नेताहरू उपस्थिति भई स्व.सापकोटाको योगदानको चर्चा गरेका थिए ।

Advertisement

वार्षिक पुण्यतिथिमा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवं हरिहर सन्न्यास आश्रम देवघाटधामका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वती, मुक्तिनान पीठाधीश स्वामी कमलनयनाचार्यलगायत विभिन्न वेद विद्याआश्रमका संस्कृत शास्त्रीको उपस्थिति रहेको थियो ।

स्व.तिलकप्रसादको पुण्यतिथिका अवसरमा मंगलबार रक्तदान, स्वर्गीय सापकोटाको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रदर्शन, स्वर्गीय सापकोटामा समर्पित पत्रिकाको विशेषाङ्क लोकार्पण, कवि गोष्ठी आयोजना गरिएको थियो ।

श्रद्धाञ्जलिसभामा साहित्यकार डा. नवराज लम्साल, गोविन्दराज विनोदी, राससका प्रधान सम्पादक एकराज पाठक, गण्डकी प्रदेशका पूर्वसदस्य विष्णु लामिछाने, प्राडा नारायणप्रसाद खनाल र डा. रामचन्द्र कँडेलले विजय खबर पत्रिकाको विशेषाङ्क लोकार्पण गरेका थिए ।

विशेषाङ्कमा स्व सापकोटाको जीवनीसहित उनले समाजसेवाका क्षेत्रमा गरेका कार्यहरू र उनको राजनीतिक जीवनी प्रकाशन गरिएको छ ।

त्यसैगरी, स्व सापकोटाको योगदानमा आधारित कवि गोष्ठीमा साहित्यकार डा. नवराज लम्साल, हीरालाल कँडेल, लक्ष्मीकान्त शर्मा (लकाश) लगायतले कविता वाचन गरेका थिए ।

स्व सापकोटाको पुण्यतिथिका अवसरमा उनकै निवासमा कांग्रेस गैँडाकोट–८ वडा समितिले खुला रक्तदान कार्यक्रम गरेको थियो । सो कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।

लोकतन्त्रको स्थापना र शिष्ट राजनीतिक संस्कारको निर्माणका लागि १४ वर्षदेखि ७९ वर्षसम्म निरन्तर संघर्षरत रहेका सापकोटाको २०७९ कात्तिक २३ गते निधन भएको थियो । स्व. सापकोटा राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटाका पिता हुन् ।

स्व.सापकोटाले आफ्नो जीवनकालका महत्त्वपूर्ण समय समाजसेवा र राजनीतिको माध्यमबाट सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा लागे । सापकोटा कांग्रेस गैँडाकोटका संस्थापक अभिभावक हुन् ।

सापकोटा कांग्रेसमा विसं २०१५ देखि सक्रिय रहेका थिए । सापकोटाले जननेता विपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिएका थिए । सापकोटाले आफ्नो जीवनकालमा भाषा, संस्कृति, धर्म, सामाजिक कर्म, विकास निर्माणका विभिन्न क्षेत्रमा योगदान पु¥याएका छन् ।

शेयर गर्नुहोस:

135
Shares