मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
मुख्य समाचार   

एनआरएन अध्यक्ष शर्मासहितको टोलीले उपप्रधानमन्त्री खड्कालाई भेट्यो

एनआरएन अध्यक्ष शर्मासहितको टोलीले उपप्रधानमन्त्री खड्कालाई भेट्यो


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

सुर्खेत । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा ‘आरके’ नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्र पुगेर राहत सामग्री वितरण गरेपछि सुखर्ते फर्किएपछि उपप्रधानमन्त्री खड्कासँग उनकै निवासमा भेटवार्ता भएको हो ।

भेटवार्तामा अध्यक्ष शर्मासहित, निवर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धिसागर सुवेदी, युरोप संयोजक चिन्तामणि सापकोटा, एनआरएन अभियन्ता ओम शर्मालगाएत सहभागी थिए ।

सो अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए । यसैगरी आगामी दिनमा पनि गैरआवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुनःनिर्माणमा पनि आफूहरुले सरकारसँग समन्व्य गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

जवाफमा उपप्रधानमन्त्री खड्काले विपद्को बेला सबै एकजुट भएर सहयोग गर्नुपर्ने र त्यसका लागि एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताए । आगामी दिनमा पनि सरकारले एनआरएनहरुसँग मिलेर काम गर्ने बताउँदै विपद्का बेला सहयोग गर्ने विदेशमा बस्ने सबै नेपालीहरु धन्यवादका पात्र भएको पनि बताए ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार गएको ६.४ रिक्टर स्केलको भूकम्पछि मानवीय र भौतिक क्षति व्यापक भएकाले अहिले राहत वितरण र उद्धारकार्य भइरहेको छ ।

शेयर गर्नुहोस:

189
Shares