मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   
मुख्य समाचार   

इजरायलबाट थप १८ जना नेपालीको उद्धार

इजरायलबाट थप १८ जना नेपालीको उद्धार


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । आतङ्वादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १८ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १८ नेपालीको उद्धार गरिएको जानकारी दिए । “उन्नाइस जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ”, उनले भने ।

Advertisement

मन्त्रालयले स्थानीय समयअनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १८ नेपाली नागरिक आउने जनाएको छ । मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरिएका नेपालीलाई भारतको गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । रासस

इजरायलबाट २५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याइयो

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याइएको छ। उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए।

शेयर गर्नुहोस:

243
Shares