काठमाडौँ । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन् ।
चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध ऐरीले जम्मा ९ बलमै अर्धशतक पूरा गरेर विश्वकीर्तिमान बनाएका हुन् । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका छन् ।
पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियालाई कमजोर टिमको रुपमा लिइँदै आएको छ । कमजोर टिमको फाइदा उठाउँदै ऐरीले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले ८ छक्का हिर्काएपछि उनको विश्व कीर्तिमान कायम भएको हो ।
पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रन अन्तरले पराजित गरेको छ । नेपालले दिएको ३१५ रनको लक्ष्य पछाएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भएको थियो ।












प्रतिक्रिया