मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
नेपाल   
मुख्य समाचार   

दिपेन्द्रले तोडे भारतका युवराज सिंहको विश्व रेकर्ड

दिपेन्द्रले तोडे भारतका युवराज सिंहको विश्व रेकर्ड


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन् ।

चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध ऐरीले जम्मा ९ बलमै अर्धशतक पूरा गरेर विश्वकीर्तिमान बनाएका हुन् । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका छन् ।

पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियालाई कमजोर टिमको रुपमा लिइँदै आएको छ । कमजोर टिमको फाइदा उठाउँदै ऐरीले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले ८ छक्का हिर्काएपछि उनको विश्व कीर्तिमान कायम भएको हो ।

पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रन अन्तरले पराजित गरेको छ । नेपालले दिएको ३१५ रनको लक्ष्य पछाएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भएको थियो ।

शेयर गर्नुहोस:

270
Shares