मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

नेपाली परेड सफल पार्न अन्तरकृया

नेपाली परेड सफल पार्न अन्तरकृया


ड्यालस (टेक्सस) । आउँदो शनिबार ड्यालस फोर्टवर्थमा हुन लागेको नेपाली परेडको तयारीको लागि आइतबार नेपाली समाज टेक्ससले सरोकारवालाहरुसँग वृहद छलफल आयोजना गरेको छ ।

नेपाली समाज टेक्ससको रजत जयन्तिका अवसरमा हुन लागेको परेडमा नेपालीपन झल्किने संस्कृति, भेषभुषा सहित सहभागिता जनाएर भव्य सफल बनाउन समाजले आव्हान गरेको छ । आइतबार स्थानीय सञ्चारकर्मीहरु, संघसंस्थाहरुबीच आयोजित छलफल कार्यक्रममा समाजका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली समुदायको प्रतिष्ठा जोडिएको कार्यक्रम भएकोले नेपालको सबै भेग, समुदायको प्रतिनिधित्व हुनेगरि परेडका सहभागिताको लागि अनुरोध गरे ।

यही सेप्टेम्बर ३० तारिक बिहान साढे ९ बजे युलेस स्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारबाट सांस्कृतिक झाँकी सहितको परेड कार्यक्रम आयोजना हुनेछ । परेड समाप्ती पछि नेपाली समाज टेक्ससले सोही दिन विशेष कार्यक्रम आयोजना गर्दैछ । टेक्ससका नेपाली समुदायसँग नेपाल समाज टेक्ससले उक्त दिन आफ्नो सांस्कृतिक पोशाक सहित उपस्थितीका लागि आग्रह गरेको छ ।

कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, नेपाली जनसम्पर्क समितिका सभापति ज्ञानेन्द्र कार्की, नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष दिनेश शर्मा, महासचिव सन्देश उप्रेती, लायन्स क्लबका अध्यक्ष राजेन्द्र कुँबर, पूर्ब अध्यक्ष केदार तिमिल्सिना, ब्लड डोनर्स टेक्ससका अध्यक्ष अजय बगाले, समाजसेवी भीम कार्की, एनआरएन अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, नेजाका क्षेत्रीय संयोजक शंकर थापा, डेभलपमेन्ट एण्ड पिसका दिपक खरेल, एचडिएनपीका देबी आचार्य, लुम्बिनी समाजका अध्यक्ष जगदिश न्यौपाने लगायतले परेड तथा रजत जयन्ति कार्यक्रम सफल बनाउन सुझावहरु दिएका थिए ।

उक्त दिनको लागि प्रयाप्त पार्किङ्गको व्यबस्थापन भैसकेकोले निर्धक्क साथ कार्यक्रममा सहभागी हुन समेत समाजले आव्हान गरेको छ । कार्यक्रममा हालसम्मका प्रगतिका बारेमा संस्थाका अध्यक्ष वाग्ले, महासचिव उप्रेती लगायतले प्रकाश पारेका थिए ।