अमेरिका । टाइम म्यागेजिनको टाइम १०० नेक्स्टमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि परेका छन् ।
अमेरिकाको टाइम म्यागेजिनले आगामी दिनमा प्रभाव पार्न सक्ने व्यक्तिलाई समेटेर तयार पारेको टाइम नेक्स्टमा काठमाडौँका मेयर बालेन्द्र (बालेन) शाह परेका हुन् ।
टाइम वर्ष व्यक्ति सार्वजनिक गर्दै आएको टाइम म्यागेजिनले सन् २०१९ देखि टाइम १०० नेक्स्ट सूची प्रकाशित गर्दै आएको छ । यो सूचीमा भविष्यमा स्वास्थ्य, पर्यावरण, व्यवसाय, खेलकुद, कला र अन्य क्षेत्रमा प्रभाव पार्न सक्ने व्यक्तिलाई राखिन्छ । यो सूचीमा सबै युवाहरु छन् ।
टाइमको विश्वका भावी लिडर्सको सूचीमा बालेन परेका हुन् । उक्त सूचीमा विश्वका अन्य युवा नेता, कलाकार, व्यवसायी लगायतलाई समेटिएको छ ।
सन् २०२२ को काठमाडौँ मेयरको चुनावमा कालो र सुनौलो चस्मालाई ब्राण्ड बनाएका बालेनले नसोचेको जित हासिल गरेको उल्लेख छ । ३३ वर्षीय बालेनले सामाजिक सञ्जालको उपयोग गरेर स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका थिए ।
टाइम संवाददाता आस्था राजवंशीले बमलेनको परिचय लेख्दै साना तथा नितान्त जरुरी चुनावी मुद्दाजस्ता फोहोर व्यवस्थान, सफा सहर, खानेपानी जस्ता विषय उठाएर चुनाव जितेको उल्लेख गरेकी छिन् ।
गैरकानुनी रुपमा बनेका संरचना भत्काएर र फोहोर व्यवस्थापनमा बालेनले आफ्नो चुनावी प्रतिबद्धतालाई अगाडि बढाएका छन् । तस्बिर : सामाजिक सञ्जाल
प्रतिक्रिया