मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
मुख्य समाचार   

नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध सुरुभएको ७५ औं बर्ष पुगेको खुसीयाली मनाउने कार्यक्रम कोलोराडोका गर्भनर र नेपाली राजदुतबाट उद्घाटन

नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध सुरुभएको ७५ औं बर्ष पुगेको खुसीयाली मनाउने कार्यक्रम कोलोराडोका गर्भनर र नेपाली राजदुतबाट उद्घाटन


कोलोराडो (अमेरीका)- नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध सुरुभएको ७५ औं बर्ष पुगेको खुसीयाली मनाउन आयोजित कार्यक्रम स्थानिय गर्भनर र नेपाली राजदुतबाट उद्घाटन गरी शुरू गरिएको छ ।
कोलोराडोका गर्भनर जेडर पोलीस र अमेरीकाको लागी नेपालका राजदुत श्रीधर खत्रीले पानसमा बत्ती बालेर कार्यक्रमको शुरू गरिएको हो ।

हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्व तथा कोलोराडोमा नेपाली तथा नेपाली भाषी समुदाय बिच कृयाशिल डेढ दर्जन भन्दा बढि संघ संस्थाहररू र नेपाली सोसाइटी टेक्सासको आयोजनामा शुरूभएको कार्यक्रममा बिभिन्न बक्ताहरूले नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध बारे आ‒आफ्नो धारणा राखेका थिए । उनीहरूले नेपाल र अमेरीका बिच गहीरो सांस्कृतीक, आर्थिक, सामाजिक, सैक्षिक, धार्मिक लगायतका बिभिन्न पारस्परिक सम्बन्ध रहेको भन्दै यो सम्बन्ध अगामी दिनमा अझ प्रगाड हुदैजाने बिश्वास ब्यक्त्त गरेका थिए ।

Advertisement
ADVERTISEMENT

यसरी धारणा राख्नेहरूमा कोलोराडोका गभर्नर Jared Polis, अमेरीकाकालागी नेपालका राजदुत श्रीधर खत्री, बोल्डर काउन्टी कमिस्नर Ashley Stolzmann, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, बोल्डरका मेयर Aaron Brockett, लङमन्टका मेयर Joan Peck, ब्राइटनका मेयर Greg Mills, युलेस सिटी टेक्सासका काउन्सिल मेम्बर टिका पौडेल, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र बाग्ले, नेपाल अमेरीका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष दिनेश शर्मा लगायतका रहेका थिए ।

लङमन्ट स्थित बोल्डर काउन्टि फेयर ग्राउन्डमा दिउसो २ बजेदेखी सांझ ६ बजे सम्म संचालीत कार्यक्रममा टेक्सास, क्यालिफोर्निया, फ्लोरीडा, वासिंङटन डिसीबाट नेपाली दाजुभाइ दिदी बिहनीहरू कायर्कममा सहभागी हुन आएका थिए । कार्यक्रम सुरूहुनु अघि धिमेबाजाको तालमा परेड प्रर्दशन गरिएको थियो । नेपाल र अमेरीकाको राष्टिय गान बाट अगाडी बढाइएको कार्यक्रमा स्वागत भाषण हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले गरेका थिए भने, धन्यवाद ज्ञापन सुनन्दा डंगोलले गरेकी थिइन् । त्यसैगरी कार्यक्रमको संचालन ग्रिष्मा गौतम र शुभु सिहले गरेका थिए । कार्यक्रमको दौरानमा दर्शकहरूलाइ मनोरञ्जन प्रदान गर्न बिभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रर्दशन गरिएको थियो । जसमा गणेश नाच, लगायत अन्य बिभिन्न नेपाली संगितमा नृत्य प्रस्तुत गरिएको थियो ।

यसैगरी सहभागीहरूलाइ थप मनोरञ्जन प्रदानगर्न आज साझ डिजे र भोली सांझ राजु लामाको लायभ कन्सर्ट रहेको आयोजक समितीले जनाएको छ । त्यसैगरी कार्यक्रमलाइ प्रभाबकारी बनाउन भोली २ तरिकका दिन बिभिन्न ४ फोरमहरु संचालन हुनेछन् । नेपाल र अमेरीकाको द्धौत्य सम्बन्ध, सन् १९४४ देखी १९५२ को अवधिमा नेपाल र अमेरीकाको सम्बन्ध, इमिग्रेशन सम्बन्धि फोरम, एनआरएनए नागरिकता तथा दोहोरो ट्याक्स सम्बन्धि फोरम संचालन गर्ने कार्यक्रम रहेका छ । त्यस्तै नेपाली राजदुतावासले भोली सेक्टेम्बर २ देखी ५ तारिक सम्म कन्सुलर सेवा शिविर आयोजना गर्ने तयारी छ ।

शेयर गर्नुहोस:

999
Shares