मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
टेक्सस   
मुख्य समाचार   

चुनावी नतिजा पहिलेनै बाहिरिए पछि सार्वजनकि गर्न अन्यौलता

चुनावी नतिजा पहिलेनै बाहिरिए पछि सार्वजनकि गर्न अन्यौलता

टेक्सस च्याप्टरमा गुरागाइ


तस्बिर: सामाजिक संजाल

न्यूयोर्क (अमेरिका) । एनआरएनए अमेरिकाको निर्वाचन नतिजा निर्वाचन समितिले सार्वजनिक गर्नु अघिनै बाहिर आएपछि अब यसलाई कसरी सार्वजनिक गर्ने भन्ने विषयमा विवाद आएको छ ।

निर्वाचन समितिलाई अनलाइन भोटिङ्गको जिम्मा पाएको भेरो कम्पनीले चुनाव सकिएको करिब दुइ घण्टाभित्रै नतिजा उपलव्ध गराएको थियो । तर, निर्वाचन समितिले यसलाई तत्काल सार्वजनिक नगर्दा यो नतिजा वाहिरिएको हो ।

स्रोतका अनुसार नतिजा प्राप्त भइसकेपछि निर्वाचन समितिका पदाधिकारीहरू लञ्च खान बाहिरिएका थिए । लञ्चबाट फर्केपछि सार्वजनिक गर्ने गरि उनीहरू गएकोमा त्यसैबीचमा नतिजा बाहिरिएको थियो ।

निर्वाचन समितिका एक सदस्यले अहिले बाहिर आएको नतिजा सही भएको बताए । अहिले निर्वाचन प्रमुख बासु फुलारा, भेरो कम्पनी र आईसीसीका अध्यक्षत्रय र महासचिवहरु बीच यस विषयमा छलफल भईरहेको बताईएको छ ।

नतिजा यसरी सार्वजनिक भएको विषयमा निर्वाचन प्रमुख बासु फुलाराले आपत्ती जनाएका छन् । आईसीसीका कुन पदाधिकारी मार्फत कसरी नतिजा वाहिर गयो भन्ने विषयमा पनि प्रश्न उठको छ । दुई बजे नतिजा लाइभ गर्ने भनेर तयारी गरेर नायगराफल्स स्थित होटेल सेराटनमा सवैलाई आउन भनिएको थियो ।

एनआरएनए अमेरिका निर्वाचन समितिले दुई बजे नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, यसको एक घण्टा पहिल्यै नतिजा वाहिर आएको थियो । स्रोतका अनुसार नतिजा सार्वजनिक नगरिएको विषयलाइ लिएर अहिले निर्वाचन समिति, अाइसिसी र एनसिसी अमेरिका विरूद्ध विरोधका स्वरहरू उठिरहेका छन् । जति ढिला भयो उति शंका र विरोध बढ्दै जाने अवस्था छ । एकातिर एकहजार ६ सय अाजीवन सदस्यहरूले मत हाल्न नपाएको विरोध चर्किरहेको समयमा बाहिर अाइसकेको नतिजा सार्वजनिक नहुनुले समिति विरूद्ध सदस्यहरूले शंका उपशंका गर्न थालेका छन् ।

टेक्ससमा गुरागाइः


यसैबीच प्राप्त पछिल्लो नतिजा अनुसार टेक्ससमा च्याप्टरमा दिपेन्द्र गुरागांईले चुनाव जितेका छन् । टेक्सास च्याप्टरमा अध्यक्षमा पाँच जना प्रत्याशी थिए । गुरागाइले चुनाव जितिसकेको स्रोतले पुष्टी गरेको छ ।