अमेरिका समाचार

एनआरएनए अमेरिका चुनाव करिव ८२ प्रतिशत मत खस्यो

एनआरएनए अमेरिका चुनाव करिव ८२ प्रतिशत मत खस्यो

नतिजा सार्वजिनक गर्ने तयारी


अमेरिका- एनआरएनए अमेरिकाको चुनावमा कुल ११ हजार २६९ मत खसेको छ । शनिवार विहानवाट शुरु भएको चुनाव करिव २४ घण्टा पछि आइतवार १० बजे पुर्वको समय अनुसार सकिएको थियो ।

एनआरएनए अमेरिकामा सदश्य संख्या करिव १५ हजार भएपनि कुल मतदाता १३हजार ६९१ जना थिए । कुल मतदाता मध्ये ८२ प्रतिशत मत खसेको छ । निर्वाचन समिति अव नतिजा सार्वजनिक गर्ने तयारीमा छ ।

Advertisement

अनलाइन मार्फत फेसभेरिफिकेशन प्रकृया अनुसार मतदान भएको थियो । भेरो कम्पनीले मतदानको प्राविधिक पक्षको जिम्मवारी लिएको थियो ।

एनआरएनए अमेरिकामा चुनावको नतिजामा सधैं विवाद हुने गरेको छ । होर्न पक्षले विवाद निकाल्ने गरेको छ । तर निर्वाचन समितिले भने निष्पक्ष चुनाव भएको दावी गरेको छ ।

कुल मत मध्ये टेक्ससमा १७६४ मेरिल्याण्डमा १४७९, न्यूओर्कमा १७३८, क्यालिफोर्नियामा १३३८ मत खसेको छ ।

शेयर गर्नुहोस:

1.8k
Shares