मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
ग्लोबल नेपाली   
न्युयोर्क   

एनआरएनए अमेरिका चुनाव शनिवार मध्येरातसम्म ७५ प्रतिशत मत खस्यो

एनआरएनए अमेरिका चुनाव शनिवार मध्येरातसम्म ७५ प्रतिशत मत खस्यो


अमेरिका- एनआरएनए अमेरिकाकाको नयां नेतृत्वका लागि भईरहेको निर्वाचनमा शनिवार मध्येरातसम्म बजेसम्म करिव ७५ प्रतिशत मत खसेको छ । १३ हजार ६९१ मतदाता मध्ये १० हजार २३५ ले मतदान गरिसकेको निर्वाचन समितिलिे जनाएको छ । कुल मतको ७४ दशमलव ७५  प्रतिशत हो ।

टेक्ससमा कुल २ हजार ३ सय ९ मत मध्ये करिव १५ सय मत खसेको छ । अन्य राज्यमा पनि यस्तै कुल मतको ७५ प्रतिशत हाराकारीमा मत खसेको छ । मतदिने समय पुर्वीय समय अनुसार आइतवार १० वजेसम्म तोकिएको छ । अन्तिम सम्म करिव ८० प्रशितको हाराहारीमा मत खस्ने अनुमान गरिएको छ ।

शनिवार शुरुमा अनलाइन मतपत्र मतदातासम्म पुग्न ढिलाई भएको थियो । यही कारण मतदानका अवधि दुई घण्टा थप गरिएको हो । अष्ट्रेलियको भेरो कम्पनीले यो अनलाइन मतदानको जिम्मा पाएको छ । फेसभेरिफिकेशन मार्फत मत हाल्नु पर्ने छ ।

आइतवार मतदान सकिएकपछि नतिजा सार्वजनिक गर्ने प्रकृया शुरु हुने निर्वाचन समितिले जनाएको छ । टेक्सस लगायत केही राज्यमा कम मत खसेकाले निर्वाचन नतिजा प्रभावित हुने देखिएको छ ।

शेयर गर्नुहोस:

1.3k
Shares