मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ह्युस्टनमा तीनपाते नेपाली रेष्टुँरा (फोटो फिचर सहित)

ह्युस्टनमा तीनपाते नेपाली रेष्टुँरा (फोटो फिचर सहित)


ह्युस्टन, (टेक्सस)- अमेरिकामा नेपालीहरुको व्यवसायिक प्रगति बढ्दो छ। नेपालीहरुको दोश्रो पुस्ता अहिले विस्तारै व्यवसायसंगै विभिन्न पेशागत काममा समेत संलग्नता बढाइरहेको छ। नेपालीहरुको व्यवसायिक सफलताले नेपाली समुदायको आर्थिक एवं सामाजिक गतिविधि पनि अहिले ह्वात्तै बढेको छ।

यसैबीच ह्युस्टनका सक्रिय युवा व्यवसायीहरुले नयाँ जोश र जाँगरका साथ नयाँ नेपाली रेष्टुँराको सुरुवात गरेका छन्। ‘थ्री लिफ नेपाली इण्डियन कुजिन’ नाम रहेको तीनपाते नेपाली रेष्टुँरामा नेपाली र भारतीय स्वादका परिकारहरु पाइने संचालकहरुले हिमालय खबरलाई बताएका छन्।

गत शनिवार एक विशेष कार्यक्रम सहित संचालनमा आएको बृहत्तर ह्युस्टनको बार्कर साइप्रसमा रहेको रेष्टुँरामा निकै अनुभवी सेफद्वारा तयार पारिएका स्वादिलो परिकारहरु उपलब्ध हुने संचालक अमृत कँडेलले बताएका छन्।

शान्त र नेपालीपन सहितको पारिवारिक वातावरणमा मिठो नेपाली खाना रुचाउनेहरुको लागि तीनपाते नेपाली रेष्टुँरा सही छनौट हुने कँडेलले बताए। चार जना युवा व्यवसायीहरु अमृत कँडेल, टंक कँडेल, हरि कँडेल र वसन्त कँडेलको संयूक्त लगानीमा रेष्टुँरा संचालनमा आएको हो।

नेपाली व्यवसायीहरुलाई प्रोत्साहित गर्न र नेपाली शैलीमा खाना खान आउनु हुन समस्त ह्युस्टन नेपालीहरुलाई संचालकहरुले अपील गरेका छन्। तस्बिरः अमृत कँडेल