मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ड्यालस गोली काण्डमा ८ जनाको निधन

ड्यालस गोली काण्डमा ८ जनाको निधन


ड्यालस (अमेरिका) । टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा पर्ने एलेन सिटीको एउटा मलमा शनिबार भएको गोली प्रहारबाट ८ जनाको निधन भएको छ । घटनामा एक दर्जनको हाराहारीमा घाइते भएको बिभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ड्यालस डाउनटाउनबाट ३० माइल उत्तरतर्फ रहेको एलेन सिटीको प्रिमियम आउटलेट मलमा अपरान्ह साढे ३ बजेतिर गोली प्रहार सुरु भएको थियो । उक्त घटनाका मुख्य अभियुक्त तत्कालै प्रहरी कारवाहीमा मारिएका छन् ।

घटनामा अहिलेसम्म प्राप्त जानकारी अनुसार नेपाली समुदायका कोही पनि परेको सूचना प्राप्त भएको छैन । एलेन लगायत जोडिएका फ्रिस्को, प्लानो, मिकिनी लगायतका सिटीहरुमा सयौ नेपालीहरु बसोबास गर्दै आएका छन् ।

यो आउटलेट मल सप्ताहन्तमा ग्राहकहरुको असाध्यै भीड हुने स्थलमा परिचित छ । घटनामा घाइतेहरु ५ बर्षदेखि ६१ बर्षसम्मका छन् ।

उक्त घटनामा ३० राउण्डको हाराहारीमा गोली प्रहार भएको सुनिएको स्रोतहरुले बताएका छन् ।

अमेरिकामा पछिल्ला केही साताहरुका दिनहुँ जस्तो गोलीका घटनाहरु भैरहेका छन् । किराना पसलमा सामान किन्न पाएजस्तै गरि बन्दुक किन्न पाइने व्यबस्थाले गर्दा यस्ता घटनाहरु नियमित जस्तो हुन थालेका छन् । तस्बिर: सामाजिक संजाल