मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हरायो

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हरायो

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – ओपनर आशिफ शेखको अर्धशतकीय इनिङ्समा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई ३ विकेटले पराजित गरेको हो।

पपुवा न्युगिनीले दिएको १७९ रन लक्ष्य पछाएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो। नेपालका ओपनर आशिफले १३० बलमा ८६ रनको इनिङ्स खेले। उनले २ चौका र १ छक्का प्रहार गरे।

तल्लोक्रमका सन्दीप लामिछानेले ५० बलमा ३ चौकासहित ३५ रन बनाए। मध्यक्रमका कुशल मल्लले २३ रन बनाउँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

पपुवा न्युगिनीका कप्तान असद भालाले सर्वाधिक ३ विकेट लिए। सेसे बाउ र सेमो कामेअले १/१ विकेट लिए।

जितसँगै नेपालले ३१ खेलबाट ३० अंक जोडेको छ। नेपाल अंक तालिकामा छैटौँ स्थानमा छ। पराजित पपुवा न्युगिनीसमान खेलबाट ७ अंक जोड्दै पुछारमा छ।