मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

क्रिप्टोकरेन्सीका वादशाह एफटीएक्सका संस्थापक एसवीएफ जेलमा

क्रिप्टोकरेन्सीका वादशाह एफटीएक्सका संस्थापक एसवीएफ जेलमा


शेयर गर्नुहोस:

5.9k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- क्रिप्टोकरेन्सी मार्केट अहिले फेरी संकटमा परेको छ । बजार मूल्यका हिसावले सवैभन्दा ठुलो क्रिप्टोकरेन्सी विट्क्वाइन लगायत साना तिना मूल्य भएका क्रिप्टोकरेन्सीको मुल्य पनि तल झरेको छ ।
 
केही महिना अघि एउटा विट्क्वाइनको मूल्य झण्डै ७० हजार अमेरिकी डलरसम्म पुगेको थियो । अहिले यो तल झरेर १७ हजार हाराहारीमा छ । क्रिप्टोकेरेन्सी बजारका सवैभन्दा ठुलो खेलाडी मानिएका युवा अर्वपती सैम बैंकमैन फ्रायड (एसवीएफ) वित्तीय असपराधमा पक्राउ परेपछि क्रिप्टोमार्केट थप अस्थिर भएको हो ।
 
एसवीएफ क्रिप्टोकरेन्सी कारोवार गर्ने थलो एफटीएक्सका सस्थापक हुन् । ३० बर्षिय एसवीएफलाई अमेरिकाको अनुरोधमा बहमासले सोमवार पक्राउ गरेको छ । उनलाई त्यहांको अदालतले धैरौटीमा छाड्न अस्विकार  गरेको छ । एफटीएक्सको मुख्य कार्यालय बहमासमा रहेको छ ।
 
केही साता अघि बिनांसले एफटीएक्स किन्ने समाचार वाहिर आएपछि एसवीएफले गरेको गडवडी वाहिर आउन थालेको थियो । एफटीएक्स र बिनांस प्रतिस्पर्धी पनि हुन् । एफटीएक्सको हरहिसावमा पनि गडवडी भएको आशंका भएपछि एसवीएफ र एफटीएक्स दुवै थप संकटमा परेका थिए । एक रातमा एसवीएफको सम्पत्तिमा अरर्बौ डलरले गिरावट आएको थियो ।
 
नगदको अभाव भएपनि एफटीएक्सले ११ नोभेम्बरमा टाट उल्टिएको घोषणा गरेको थियो । एफटीएक्सका संस्थापकले गोप्य रुपमा ग्राहकको करिव १० अर्ब डलर आफ्नो टे्रडिगं कम्पनीमा ट्रान्सफर गरेको आरोप लागेको छ । यो रकमको अधिकांश हिस्सा गायव भएको वताईएको छ ।
 
कुनै बेला करिव ३० अर्व डलरका मालिक एसवीएफले रईस जीवनशैली अपनाउंदै आएका थिए । अहिले लागेको धोकाधडी र वित्तीय अपराधमा उनी दोषी पाइए ११५ बर्षसम्म जेल सजांय हुने छ । अमेरिकी अधिकारीहरुले यसलाई अमेरिकाको इतिहासमा सवैभन्दा ठुलो वित्तीय धोकाधडी भएको वताएका छन् । 

Advertisement

शेयर गर्नुहोस:

5.9k
Shares