मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवन–१ का उमेदवार डा. पौडेलले अघि सारे २१ बुँदे योजना

चितवन–१ का उमेदवार डा. पौडेलले अघि सारे २१ बुँदे योजना

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । आसन्न मंसिर ४ गते हुने आमनिर्वाचनमा पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं–१ का प्रतिनिधिसभा सदस्यका साझा उमेदवार हुन् अर्थशास्त्री डा. विश्वनाथ पौडेल । 
युवापुस्ताका आशा र भरोसा मानिएका डा. पौडेल यतिबेला घरदैलोमा मत माग्न व्यस्त छन् । घरदैलो अभियानका क्रममा मतदातासँग मत माग्दै उनले आफ्ना २१ बुँदे योजना अगाडि सारेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका अर्थशास्त्री डा. पौडेल पूर्वी चितवनको समस्याबारे राम्रोसँग जानकार छन् । उनले अध्ययन गरेर तयार पारेका चुनावी प्रतिबद्धतालाई पूर्वाधार निर्माणमा केन्द्रित गरेका छन् । आफ्ना एजेन्डा पूरा गरेरै छाड्ने प्रतिबद्धता उनले गरेका छन् । 
उनले चुनावी एजेन्डामा शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा पूर्वाधार निर्माणलाई जोड दिएका छन् भने पूर्वी चितवनमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता पनि प्रकट गरेका छन् ।
डा. पौडेलका योजनामा सुकुमबासीलाई लालपुर्जा वितरणदेखि शक्तिखोर–मझिमटार सुरूङमार्ग निर्माणगरी काठमाडौँ, पोखराजस्ता मुख्य सहरहरुसँगको दूरी घटाउनेसम्मको राष्ट्रियस्तरका विकास निर्माणका खाकाहरु समावेश गरेका छन् । त्यति मात्रै नभएर उनले सुुकुमबासी समस्या सधैँका लागि अन्त्य हुनेगरी आफूले काम गर्ने र चुनावलगत्तै लालपुर्जा वितरणको काम सुरू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा उनले पूर्वी चितवन भएर बग्ने खोलाका कारण स्थानीय समुदायले भोग्दै आएको समस्या समाधानका लागि मह¤वपूर्ण काम गरिसकेका छन् । उनले आफ्नो एजेन्डामा नदीखोला तटबन्ध गर्ने, नदीकिनारलाई व्यवस्थित गरी साइकल लेन निर्माण गर्ने, पूर्वी चितवनमा व्यवस्थित बस्ती विकास गर्ने, एकीकृत खानेपानी तथा ढल निकासका लागि काम गर्ने, सुविधासम्पन्न सहकारी आवासीय विद्यालय स्थापना गर्ने गरी योजना अघि सारेका छन् । 
यस्तै, डा. पौडेलले गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाका लागि निजी विद्यालयसँग सहकार्य गरी छात्रवृत्ति उपलब्ध गराउने, आदिवासी तथा विपन्न समुदायको जीविकोपार्जनका लागि रोजगार तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, कृषि क्षेत्रको प्रवद्र्धनका लागि आधुनिक कृषि प्रणाली लागू गर्ने, युवालाई उद्यमी बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, रत्ननगर अस्पतालको स्तरोन्नति गरी सेवा थप गर्ने तथा राप्ती नगरपालिकामा २५ शै्याको अस्पताल निर्माण गर्ने योजनासहित आफू चुनावी मैदानमा होमिएको बताएका छन् । 
त्यति मात्रै नभएर उनले पूर्वी चितवनका सम्पूर्ण क्षेत्रमा इन्टरनेटको व्यवस्था गर्ने, पूर्वी चितवनलाई धार्मिक, सांस्कृतिक, साहसिक तथा वन्यजन्तु पर्यटन केन्द्रको रुपमा विकास गर्ने, खेलकुदमैत्री सहरको रुपमा विकास गर्ने, ठाउँ–ठाउँमा खेल मैदान स्थापना गर्ने, पूर्वी चितवनमा सुविधासम्पन्न रङ्गशाला निर्माणका लागि पहल गर्ने गरी काम गर्ने अठोट पनि लिएका छन् । 
प्रायःजसो ठूला विकासका योजना भरतपुरकेन्द्रित हुने गरेको बताउँदै डा. पौडेलले विकास निर्माणलाई पूर्वी चितवनमा पनि जोड दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्वी चितवन धेरै क्षेत्रबाट पछाडि परेको अनुभव गरेका डा. पौडेलले पूर्वी चितवनका जनताको समस्या बुझेर नीति निर्माणदेखि स्थानीय समस्याहरुको पहिचान गरी समाधान गर्न आतुर रहेको बताएका छन् । 
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र मानवीय क्षति हुन नदिन निकुञ्ज ऐन परिमार्जन गर्न आफूले पहल गर्ने उनले बताएका छन् । 
रत्ननगर–३, शान्तिचोक निवासी डा. पौडेलले सधैँ जनताको सेवा लागिपर्ने र पूर्वी चितवनको समस्या समाधानमा रचनात्मक भूमिका खेल्ने संकल्प गरेका छन् । 
डा. पौडेलबारे नेपाल माविका पूर्वप्रधानाध्यापक पूर्णबहादुर बस्नेत भन्छन्, ‘विश्व पौडेलजस्तो अर्थशास्त्री उमेदवारका रूपमा पाउनु गर्वको विषय हो । उनीजत्तिको क्षमतावान् र इच्छाशक्ति भएको उमेदवार मैले अरु देखेको छैन ।’ डा. पौडेल आशालाग्दा र भिजन भएका युवा भएकाले मतदाताले उनलाई मत दिन हिच्किचाउनुपर्ने कुनै कारण नभएको बस्नेतको भनाइ छ । 
नेपाल माविकै पूर्वप्राचार्य गोपालप्रसाद आचार्यले पटकपटक जिताएर पठाएका नेताबाट पूर्वी चितवनको मुहार फेरिन नसकेकोले यसपटक डा. विश्व पौडेललाई जिताउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘विश्वमै कहलिएका अर्थशास्त्री र राष्ट्रिय योजना आयोगमा रहेर उल्लेख्य योगदान गरेका पौडेलको विकल्प म देख्दिन, यस्तो अवसर खेर जान दिनुहुँदैन । ढुक्क भएर उनलाई मत दिनुपर्छ ।’
स्थानीय गीतादेवी तिमिल्सिना भन्छिन्, ‘उमेदवार हुनुअघि नै कयरखोला तटबन्धको काम गरेर सयौँ परिवारको उद्धार गर्नुभएको छ । उहाँले हाम्रो लागि जसरी अहिले ढुक्कको अवस्थामा ल्याउनुभएको छ, हामी उहाँलाई मत दिन्छौँ ।’ 
कयरखोलाको बाढीबाट पीडित बनेका झोजिया महतो, गीताकुमारी आचार्य, जानकी थापा मगरलगायतका स्थानीयले विश्व पौडेलले तटबन्धको पहल गरेको गुन तिर्न पनि चितवन-१ का मतदाताले विजयी बनाएर पठाउनुपर्ने प्रतिक्रिया दिए । चितवन क्षेत्र नं-१ का विकासप्रेमी उमेदवार डा. पौडेलले गरेका विगतका पूर्वाधार निर्माणका कामका कारणले पनि उनीप्रति धेरैले भरोसा गरेका छन् ।