ह्युस्टन, टेक्सास । यहाँको नेवारी समुदायका सदस्यहहरुको सकृयतामा सन् २०२० मा स्थापना भएको भिंतुना पासा पुचले निर्माण गरेको पिकनिक प्याभिलियन हिजो शनिबार उद्घाटन गरियो ।
हिमालयन कल्चरल सेन्टर , पशुपती मन्दिर क्षेत्रमा रहेको नेपाली पार्कमा फुटबल ग्राउण्ड , भलिवल कोर्ट र पिकनिक स्थल रहेको छ । सोही पिकनिक स्थलमा भिंतुना पासा पुचले समुदायका सदस्यहरुबाट सहयोग संकलन गरी उक्त प्याभिलियन बनाएको हो ।
समय समयमा भेला, पिकनिक आयोजना गरी भिंतुना पासा पुच, ह्युस्टनले यहाँको नेपाली समाजमा आपसी सद्भाव, मित्रता र भाइचारा बाँड्ने गरेको छ ।
गित, संगित, खेल र खानाको रमाइलो जामअघट थियो पिकनिक ! गत शनिबार आयोजना गरिएको अर्थ संकलन पिकनिकमा देखिएको रमाइलो र उत्साहप्रद सहभागितामा कैद गरिएका तस्विरहरु यहाँ दिइएकोछ ।
प्रतिक्रिया