अमेरिका- नेपाल राष्ट्र बैंकले गत साता नेपाली,नेपालमा वस्ने विदेशी र विदेशमा वस्ने नेपाली नागरिकले क्रिप्टोकरेन्सी किनवेच गरेमा कानुन बमोजिम कारवाही हुने सुचना सार्वज्निक गरेको छ ।
राष्ट्र बैंक विदेशी विनिमय विभागले सार्वजनिक गरेको सुचना अनुसार भचुर्यल करेन्सी, क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिगं कारोवार व्यवसाय गैरकानुनी रहेको जनाएको छ ।
विदेशमा वस्ने थुप्रै नेपालीले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् । अमेरिकामा मात्र नेपाली समुदायले लाखौं डलर क्रिप्टोकरेन्सीमा लगाएका छन् ।
राष्ट्र बैंकको यो सुचनाले विदेशमा बसेर लगानीगर्नेलाई के होला भन्ने प्रश्न उठेको छ । हालसम्म राष्ट्र बैंकसंग विदेशमा वसेर क्रिप्टोकरेन्सी वा त्यहांको स्थानिय शेयरबजारमा लगानी गर्नेलाई कारवाही गर्ने यस्तो कुनै पुर्वाधार छैन । विदेशमा बसेर क्रिप्टोकरेन्सी किनवेच गर्नेलाई कारवाही गर्दा दुई देशको कानुन आकर्षित हुन्छ ।
यस अवस्थामा विदेशमा रहेकालाई कारवाही गर्न कठिन छ । विदेशमा बसेका नेपाली नागरिकले क्रिप्टोकरेन्सीमा किनवेच गरेको आधारमा समाइहाल्छ भन्ने छैन । डराउनु पर्दैन ।
उदाहरणका लागि अमेरिकाले कुनैपनि क्रिप्टोकरेन्सीलाई मान्यता दिएको छैन । तर, कारोवार गर्नेलाई कारवाही पनि गर्दैन । स्वतन्त्र छाडेको छ । यहां जोखिम लिनेले लगानी गरेका छन् , किनवेच गर्छन । स्टोरहरुमा समेत क्रिप्टोकरेन्सी किनवेच गर्ने मेसिन राखिएका छन् । सवै खुलमखुला छ । तर, यो किनवेच वाट प्राप्त आम्दानीमा भने सरकारलाई कर तिर्नु पर्छ । अमेरिकाले आम्दानीमा नियमअनुसार कर लिन्छ ।
त्यसैले अमेरिकामा बसेर क्रिप्टोकरेन्सी कारोवार गर्ने नेपाली नागरिकलाई आएर राष्ट्र बैंकले कारवाही गर्न मिल्दैन ।
तर, क्रिप्टोकरेन्सी छ, नेपाल बसेर पनि किन बेच गर्ने योजना छ भने यो भने नगर्दा हुन्छ । नेपालमा वसेर कारोवार गर्दा कारवाहीको फन्दामा पर्न पनि सकिन्छ ।
राष्ट्र बैंकले आफ्ना नागरिकलाई सचेत वनाएको भने छ । क्रिप्टोकरेन्सीमा लगानी उच्च जोखिम पनि हो ।
नेपालमा क्रिप्टोकरेन्सीको किनवेच वन्देज छ । गत साता विट्क्वाइन मार्फत कारोवार गर्ने ३ जना नेपाली काठमाडौमा पक्राउ पनि परेका थिए ।
(कुनै पनि लगानीमा जोखिम हुन्छ । यो व्यक्तिगत निर्णय हो । हाम्रो समाचारले लगानीमा असर परेमा हिमालयखवर यसमा जिम्मेवार हुदैंन । सम्पादक)
तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया