अमेरिका-अमेरिका युरोप लगायतका देशमा बस्ने हज्जारौं नेपालीले क्रिप्टोकरेन्सी बिटक्वाईन, इथेरियम, डगक्वाइन, सिवाइन लगायत किन वेच गर्छन । तर, नेपालमा भने क्रिप्टोकसेन्सी किनवेच गर्ने व्यक्तिहरु भने पक्राउ गरेका छन् ।
नेपाल प्रहरी अपराध महाशाखाले शुक्रवार सार्वजनिक गरेको विवरण अनुसार क्रिप्टोकरेन्सी ट्रेड गर्ने राजन भट्टराई, विशाल श्रेष्ठ र दिपेशराज श्रेष्ठ समेतका व्यक्तिहरु पक्राउ परेको जनाएको छ । पक्राउ गर्नेहरु २० देखि ३० बर्ष उमेर समुहका छन् ।
प्रहरीका अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम, विनियम र निर्देशन, आदेश विपरित क्रिप्टोकरेन्सी विटीसी बिटक्वाईनवाट वित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचना महाशाखामा प्राप्त भएको थियो । त्यसपछि निजहरुको निगरानी राख्न यस महाशाखावाट विशेष टोली परिचालन गरिएकोमा माग ६ गते दिउसो काठमाडौ मिनभवनवाट निजहरु पक्राउ परेको महाशाखाले जनाएको छ ।
पक्राउ परेका व्यक्ति मध्ये राजन भट्टराईले हालसम्म १७५ जना व्यक्तिसंग दुई महिनामा २६ लाख बरावरको १९२६ पटक कारोवार गरेको महाशाखाले जनाएको छ ।
नेपालमा क्रिप्टोकरेन्सी कारोवार अवैध हो । तर, विदेशमा वस्ने हज्जारौं नेपालीले क्रिप्टो करेन्सीमा लगानी गरेका छन् ।
अमेरिका, रुस, भारत लगायत कयौं देशले क्रिप्टो करेन्सीको कारोवारलाई कडाई गर्नथालेकाले यो साता बिटक्वाईन लगायत कयौं क्रिप्टोकरेन्सीको मूल्यमा उच्च गिरावट आएको छ । क्रिप्टोमा लगानीलाई निकै जोखिम मानिन्छ ।
नेपाल प्रहरी महानगरीय अपराध महाशाखाले आफ्नो आधिकारिक फेसबुकमा राखेको विवरण निम्न छ ।
तस्बिर: नेपाल प्रहरी अपराध महाशाखा
प्रतिक्रिया