मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा मासु देखि कार र तेलसम्मको मूल्यमा उच्च बृद्धि

अमेरिकामा मासु देखि कार र तेलसम्मको मूल्यमा उच्च बृद्धि

शेयर गर्नुहोस:

21.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकामा कामदारको पारिश्रमिक त वढेको छ तर, बढ्दो महंगीले आम आम उपभोक्ताले कठिनाई भोग्नु परेको छ । 
 
तेल, दैनिक खानेकुरा देखि कारसम्मको मूल्य बृद्धि भएको छ । सरकारी निकाय ब्युरो अफ लेबर विभागले वुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार विगत १२ महिनामा ६ दशमलव २ प्रतिशतले मूल्य बढेको छ । यो ३० वर्ष यताकै सवैभन्दा धेरै हो । 

 
मूल्य बृद्धि रोकिने छांटकांट देखिएको छैन । कोभिड १९ को प्रभावले कामदार देखि मूल्यसम्म असर परेको हो । 
 
कोभिड १९ पछि बजार समान्य हुन थाले पछि कम्पनीहरुले कामदारको अभाव झेलिरहेका छन् । कामदार पाउन कम्पनीहरुले प्रतिघण्टा पारिश्रमिक दर बढाउनु परेको छ । 

 
काम सजिलै पाइने हुदां कामदार पनि बढी परिश्रमिक र सजिलो काम खोज्न थालेका छन् । काम छाड्ने र अर्कोमा जाने व्यापक बृद्धि भएको छ । 

कामदारको पारिश्रमिक बढ्नु सकरात्मक भएपनि मूल्य बृद्धि भने राष्ट्रपति जो वाइडेनले नेतृत्व गरेको ह्वाइट हाउस प्रशासनका लागि भने टाउको दुखाईको विषय वनेको छ । 
 
बाइडेनले केही दिन यता मूल्य बृद्धि कसरी रोक्ने विषयलाई प्रथामिकता दिई छलफल थालेका छन् । 
 
कोभिड १९ का कारण आपूर्ति व्यवस्था खलबलिएको थियो । पर्याप्त मात्रामा चिप्स नबन्दा मोटर उत्पादन कम भएको छ । यसले गाडीको आपुर्ति घटेको छ । पुराना गाडीको मूल्यमा पनि ब्यापक बृद्धि भएको छ । 

तेल, ग्यांसको मूल्य अकासिएको छ । तेलको औषत मूल्य प्रति ग्यालन ३ डलर ४१ सेन्ट पुगेको छ । एक बर्ष पहिले यो २ डलरको हाराहारीमा थियो । 
 
घर र अपार्टमण्टको मुल्यपनि उच्चदरले वढेको छ । मासु, खाद्यान्न लगायतका वस्तु पनि मंहगो भएका छन् । यसले निश्चित आम्दानी हुने परिवारलाई कठिन भएको छ । प्रति घण्टा पारिश्रमिक बृद्धिको फाइदा सिमिति आम्दानी हुनेले लिन पाएका छ्रैनन । कमाई वढेपनि खर्च बढेको छ । 
 
राष्ट्रपति जो वाइडेनले पछिल्लो पटक ल्याएको आर्थिक प्याकेजका कारण मूल्य बृद्धि भएको आरोप लगाईएको छ । 
 
अहिलेको अवस्थालाई अमेरिकाको अर्थतन्त्रलाई कहां पुर्याउंछ भन्नेमा अन्यौल छ ।