मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली समुदायले रुचाएका एरिक बन्ने भए न्यूयोर्क सिटीको मेयर

नेपाली समुदायले रुचाएका एरिक बन्ने भए न्यूयोर्क सिटीको मेयर


शेयर गर्नुहोस:

6.6k
Shares

  • change font
  • change font
  • change font

न्यूयोर्क – विश्वकै राजधानी मानिने न्यूयोर्क सिटीमा अस्वेत पूर्वप्रहरी अधिकृत एरिक एडम्सले नयां मेयर रुपमा कार्यभार सम्हाल्ने भएका छन् । 
 
मंगलवार भएको निर्वाचनमा आम नागरिकको सुरक्षा र सामाजिक क्षेत्रमा खर्च बृद्धि गर्ने मुद्दा उठाएका डेमोक्र्याट्स पार्टी आवद्ध एरिकले फराकिलो मतान्तरले मेयर हुने पक्का भएको हो । उनी अव न्यूयोर्कको ११० औं मेयर हुने छन् । न्यूयोर्कमा अस्वेत मेयर निर्वाचित भएको इतिहासमा यो दोस्रो पटक हो । 
 
 एरिक प्रतिस्पर्धी रिपब्लिकन उम्मेदवार कुर्तिस सिल्वालाई पछाडी पार्दै मेयर हुन लागेका हुन् ।
 
न्यूयोर्क सिटी परम्परागत रुपमा डेमोक्र्याट्स पार्टीको प्रभाव क्ष्ँेत्र पनि हो । यहां विदेशी अप्रावासीको ठुलो प्रभाव पनि छ ।

कुइन्समा नेपाली समुदायसंग एरिक आडम्स

Advertisement
न्यूयोर्कको कुइन्समा नेपाली समुदायसंग एरिक आडम्स

 

 
न्यूयोर्कमा बसोबास गर्ने अधिकांश नेपाली समुदायले पनि एरिकलाई समर्थन जनाएका थिए । उनका लागि नेपाली समुदायले पनि चुनाव प्रचार प्रसार गरेको थियो । उनले जनवरीको तेस्रो साता देखि पदभार सम्हाल्ने छन् । 
 
मेयर चुनावमा जित पक्का भएपछि उनले संचारमाध्यम संग भने , म सवैलाई थाहा दिन चाहान्छु म डिसवासर (भाडा माझ्ने काम) भए, सानैमा पक्राउ परे, रात्री स्कुल गए, मेल रुममा काम गरें ।
 
यस पटकको निर्वाचनमा शहरमा बढ्दो अपराध मुख्य मुद्दा भएको थियो । त्यसैले यो चुनावलाई महत्वपुर्ण मानिएको थियो । पुर्व प्रहरी अधिकृत भएकाले अपराध नियन्त्रण गर्ने मुद्दामा उनले मतदातालाई प्रभावित पार्न सकेका थिए । 
 
यस्तै विश्वकै चर्चित विश्वविद्यालय रहेको बोष्टन सिटीको मेयरमा मिचेल ऊ विजयी भएकी छिन् । ताइवानी मुलकी अमेरिकी मिचेले ३६ बर्षको उमेरमा बोष्टन सिटीको मेयरमा जित निकालेर इतिहास बनाएकी छिन् । बोष्टन सिटीमा एशियन मुलबाट मेयर हुने उनी पहिलो हुन् । 
 
उनी हार्वर्ड विश्वविद्यालयमा पढेकी थिईन । चर्चित सिनेट एलिजावेथ वारेन निकट मिचेल शिकागोमा बढेकी थिईन । 

शेयर गर्नुहोस:

6.6k
Shares