ड्यालस (टेक्सस) । बडादशैँको टीकाको लागि अमेरिकामा तीनवटा समय शुभ साइतका रुपमा देखिएका छन् ।
टेक्ससको अर्भिंग स्थित नेपाली मन्दिरमा पुजारी डा.शेखर पण्डितका अनुसार बिहान ८:१५ बजे, ९:३७ र दिउँसो २:३० बजे शुभ साईत हुन् । दशैँको टीका जुनसुकै समयमा ग्रहण गर्न सकिने भएपनि यी साइतहरु सबैभन्दा उपयुक्त हुन् ।
विगतका वर्षहरुमा द्विविधा हुँदै आएकोमा यसपटक भने कुनै द्विविधा देखिएको छैन ।
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायू प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।
प्रतिक्रिया